पाकिस्तानको पन्जाब प्रान्तस्थित सियलाकोटमा ईशनिन्दाको आरोपमा एक कम्पनीका म्यानेजरलाई कुटपिट गरेर हत्या गरिएको छ । त्यसपछि उनको शवलाई सडकमा ल्याएर जलाइएको छ । मारिने व्यक्ति श्रीलंकाका हुन् । यस घटनालाई प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि ‘शर्मनाक दिन’ भन्दै घटनाको अनुसन्धानलाई आफैंले हेरिरहेको बताएका छन् । उनले घटनामा जोसुकै जिम्मेदार भए पनि उसलाई...
ज्याक डोर्सीलाई सिलिकन भ्यालीका ती सिमित मानिसहरुमा गणना गरिन्छ जसमा प्रविधिप्रति ठूलो लगाव छ । यदि उनी कुनै फिल्मका पात्र हुन्थे भने उनी तपाईलाई आफ्नै सोँचमा चल्ने व्यक्ति लाग्दछन् । उनी इमान्दार र आदर्शवादी व्यक्ति हुन् र प्रविधिले संसारमा शान्ति र खुसीयाली ल्याउँदछ भन्ने ठान्दछन् । उनी खुल्ला विचारयुक्त यस्तो व्यक्ति हुन् जसलाई बुझ्नका लागि कहिलेकाहीँ...
तालिबान समूहले महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी गरेको छ । अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा आलोचना भैरहेको बेला प्रतिबद्धता सहित निर्देशिका जारी गरेको हो । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गर्दै महिलालाई स्वतन्त्रता दिएको बताउनुभएको समाचारसंस्था सिन्ह्वाले...
कोरोनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड...
अखिल नेपाल फुटबल सङ्घ एन्फा र लिग फुटबलमा आबद्ध रेफ्रीबीच सहमति भएको छ । फिटनेस जाँचको विषयलाई लिएर लिग खेलाइरहेका १० जना रेफ्रीले हिजो सामूहिक राजीनामा दिएका थिए । लिग चलिरहेको बेलामा रेफ्रीको फिटनेस जाँच गर्ने एन्फाको निर्णय व्यावहारिक नभएको भन्दै उनीहरुले राजीनामा दिएका थिए । तर रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच गएराति भएको छलफलमा...
श्रीलङ्काले वेस्ट इन्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला दुई–शून्यले जितेको छ । दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई एक सय ६४ रन हराएसँगै श्रीलङ्काले शृङ्खला आफ्नो पक्षमा पारेको हो । जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको पाहुना टोली एक सय ३२ रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि नक्रुमाह बोनरले ४४ र जेरमेन ब्ल्याकवुडले ३६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लसिथ...
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदाेबाटाे युथ क्लबले विभागीय टाेली एपीएफलाई हराएकाे छ । आज शुक्रवार भएकाे दाेस्राे खेलमा सातदाेबाटाेले एपीएफलाई चार–एक गाेल अन्तरले हराएकाे हाे । सातदाेबाटाेकाे जितमा मार्टीन्स कायाेदी अजयीले ह्याट्रिक गरे । मार्टिन्सले खेलकाे ४२ औँ, पहिलाे हाफकाे इन्ज्युरी समयकाे अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गाेल गर्दै ह्याट्रिक...
मिक्चेन तामाङले बराबरी गोल फर्काएपछि उपाधि दाबेदार थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग हारबाट जोगिएको छ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि थ्री स्टारले ललितपुर डर्बीमा फ्रेन्ड्ससँगको हारबाट आफूलाई जोगाएको हो । यससँगै दुवै टोलीले एक–एक...
भक्तपुरमा बीबीएस पढ्दै गरेका दोलखाका २० वर्षीय सुमन कार्कीलाई साथीहरु देखेर राम्रो कपडा लगाउन र मोजमस्तीको जिन्दगी बिताउन मन लाग्यो । तर उनले यसका लागि जुन बाटो अपनाए, त्यसले उनलाई हिरासतमा पुर्याएको छ । पैसाको लोभमा उनले जिल्लाको गौरीशंकर गाउँपालिका–१, जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लुट्ने योजना बनाए । मामा नाता पर्ने सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर...