१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
दलित महिला तथा सिमान्तकृतका लागि मतदाता सचेतना अभियान सुरु
  • न्युज डेस्क

    १९ फाल्गुन २०७८, बिहीबार

(नेपालगन्ज)
दलित महिला तथा सिमान्तकृत समुदायको निर्वाचन र राजनितिक सहभागिता अभिबृद्धिका लागि मतदाता सचेतना अभियान सुरु गरीएको छ ।
दलित महिला संघ फेडो बाकेको आयोजनामा डिसिसिको सहयोगमा दुइ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार देखि नेपालगंन्जमा सुरु भएको हो । अभिमुखिकरण कार्यक्रममा खजुरा, डुडुवा ,बैजनाथका गाउपालिकाका २५ जनाको सहभागिता छ ।
बाके जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुबेदी जनताको शासन स्थापित गर्ने एक मात्र माध्यम निर्वाचन भएकाले सबैको अनिवार्य सहभागिता आवश्यक रहेको बताए ।
जसमा मतदाताले आफूले रुचाएका व्यक्ति प्रतिनिधिका रूपमा स्वतन्त्र रूपमा छनोट गर्न पाउछन् । ‘राज्यको नेतृत्व तहमा सबै जनता सहभागी हुन सम्भव छैन् उनले भने,‘त्यसैले नै जनप्रतिनिधिको छनोटमार्फत शासन सञ्चालन गर्ने व्यवस्था अंगीकार गरिएको हो।’ उनले निर्वाचन कार्यालयको भुमिका लाइ सहयोग गरीदिएकोमा फेडो प्रति आभार ब्यक्त गरे ।

इन्सेक प्रदेश कार्यालय प्रमुख भोला महतले मतदातालाई कसरी भोट हाल्ने होइन, किन हाल्ने र कस्तो उम्मेदवारलाई केका आधारमा छनोट गर्ने भन्नेबारे सिकाउन जरुरी रहेको बताए ।
‘यस व्यवस्थामा मतदाता सार्वभौम शक्ति हुन् र, तिनको भूमिका निर्णायक हुन्छ । ’
उनले भने,‘लोकतन्त्रमा खराब प्रतिनिधिलाई इन्कार गर्ने र असल प्रतिनिधिलाई निस्फिक्री आफनो मत दिई शासन सञ्चालन गर्ने वातावरण बनाउनु पनि नागरीकको दायित्व हो ’

फेडो बाकेका ज्ञानु स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा आयोन बाकेका राजन बर्मा ,संचारीका समुह प्रदेश उपाध्यक्ष रुपा गहतराज लगायतले आफनो धारणा राखेका थिए ।
कार्यक्रममा कार्यक्रमको उद्धेश्य माथि फेडोका कार्यक्रम संमयोजक सुरेश बिश्वकर्माले प्रकाश पारेका थिए ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित
  • Nabintech