१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
मिराको सामाजिक सक्रियता
  • न्युज डेस्क

    २८ माघ २०७८, शुक्रबार

(नेपालगंन्ज )
बाके खजुरा गाउपालिका –३ मिरा खनाल सामाजीक काममा सक्रिय छन् । कोरोना कहरमा होस या दिनदुखी लाइ उद्धार गर्ने काममा उनको सक्रियता लोभलाग्दो छ । २०७० साल् देखि सामाजिक सेवामा लगेकी उनि निलसागर बृद्ध आश्राम नेपालगन्जमा समेत आबद्ध छन् । क्यान्सर पीडित दिना परियार बचाउ अभियान चलाएकी उनले समाजमा छुटै पहिचान बनाएकी छन् ।कर्म गदै गइन् । अवसरका लागि मरिहत्ते कहिले गरीनन् । उनै मिरा खजुरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितीको माघ २९ गते हुने निर्वाचनका लागि सचिव पदकी उम्मेदवार  हुन् । बाकेको पुरानो सामाजिक संस्थाको रुपमा रहेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नया नेतृत्वमा युवा सहभागिताका लागि उनले दाबेदार भएको बताइन् । युवाको सोच्ने तरीका मात्र फरक हुदैन् हरेक काम फरक ढंगले गर्ने योजना हुन्छ । ’उनले भनिन् , ‘युवा त्यसैमा म महिला महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्न चाहन्छु ।’
जनतालाइ स्वस्छ शुद्ध पानी पिउयाउने उनको मुल मुद्धा रहेको छ । जिर्ण भएका भौतिक संरचनाको मर्मत ससम्हार गर्नुका साथै आर्थिक पाटोलाइ बलियो बनाउने योजना रहेको उनले सुनाइन् ।
खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नया नेतृत्व चयनका लागि बुधबार उम्मेदवारी दर्ता गरीएको हो । एमाले र राप्रपाको गठबन्धनले एमाले नेता सतिश निरौलाको नेतृत्वमा टिम बनाएको छ । सो गठबन्धनबाट अध्यक्षमा निरौला,उपाध्यक्षमा मोहन खड्का, सचिवमा मिरा खनाल सापकोटा, कोषाध्यक्षमा चन्द्रप्रकाश खड्का, महिला सदस्यमा पम्फा तिवारी र सदस्यहरुमा किरणबहादुर क्षेत्री भक्त गोदार, सुनिता कँडेल, सुधिर शुक्ला, दोर्णबहादुर काफले र घनश्याम अधिकारी उम्मेदवार रहेका छन् ।साझा समूहले खानेपानी सुधारका लागि ११ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिवद्धताको पहिलो बुँदामा खजुरा बजारको मुख्य सडकमा देखिएको पाइपलाइ ब्यवस्थापन समस्याको तत्काल समाधान गरिने उललेख गरिएको छ ।
थप २ वटा बोरिङका लागी यही आर्थिक बर्ष भित्र काम सम्पन्न गर्ने गरि काम गर्न पहल गरिने, खजुराका मुख्य मुख्य सार्वजनिक स्थलमा सस्तो र सर्वसुलभ खानेपानी स्टेशन निर्माण गरि संचालनमा ल्याइने, खानेपानी अर्को मुख्य पाटो सरसफाइ समेत भएको हुँदा वडा न ३,४ र ५ मा सरसफाइको कामको जिम्मेवारी लिइ त्यसको उपयुक्त ब्यवस्थापन को लागी स्थानीय सरकार सङ्ग समन्वय गरि काम शुरु गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech