१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
कांग्रेस बाकेको सभापतिमा गौडेल
  • न्युज डेस्क

    २० फाल्गुन २०७८, शुक्रबार

(नेपालगन्ज)

नेपाली कांग्रेस बाकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित भएका छन । निकटतम प्रत्यासी बादशाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै गौडेल चार वर्षका लागि सभापतिमा निर्वाचित भएका हुन । सभापतिमा निर्वाचित भएका गौडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यले बताए । सभापतिका लागि शुक्रबार पुनः मतदान गरीएको हो । । सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ । कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए । बिहिबार भने एक हजार ४५ मत खसेको थियो । सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार पुन मतदान गरीएको थियो । जिल्ला निर्वाचन परिचालन समिति, बाकेका अनुसार बिहीबार खसेको एक हजार चार सय ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्रहमालले ३ सय १४ मत ल्याएका थिए। निर्वाचनका लागि सभापति पदमा नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको हो । यि मध्ये गौडेल संस्थापन इतर(शेखर कोइराल)प्यानलका हुन्, भने कुर्मी र हमाल संस्थापन(शेरबहादुर देउवा) प्यानलका हुन् ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित
  • Nabintech