२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार
जेष्ठ नागरिक अस्पताल बन्दै
  • न्युज डेस्क

    १२ फाल्गुन २०७८, बिहीबार

 

न्यूज डेस्क
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि छुट्टै १६ सैय्याको अस्पताल संचालन गर्न लागेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिका वार्ड नं.—२ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको आज बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भवनको शिलान्यास गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने बताउनुभयो । उहाँले डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामाफर्त स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताउनुभयो । उहाँले अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
रु ७९ लाखको लागतमा निमार्ण हुने अस्पतालमा ८—८ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निमार्ण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताउनुभयो ।
तीन महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि दिपक विल्डर्स प्रालिले कोहलपुर बाँकेले ठेक्का लिएको छ । वहुवर्षिय योजना अन्र्तगत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधार निमार्ण गरि सेवास्तर बृद्धि गरि लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।
डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत तीन स्थानमा निशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्रको संचालन, दुई वटा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार प्रकाशित
  • Nabintech