बङ्ग्लादेशमा हुने १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक...
अखिल नेपाल फुटबल सङ्घ एन्फा र लिग फुटबलमा आबद्ध रेफ्रीबीच सहमति भएको छ । फिटनेस जाँचको विषयलाई लिएर लिग खेलाइरहेका १० जना रेफ्रीले हिजो सामूहिक राजीनामा दिएका थिए । लिग चलिरहेको बेलामा रेफ्रीको फिटनेस जाँच गर्ने एन्फाको निर्णय व्यावहारिक नभएको भन्दै उनीहरुले राजीनामा दिएका थिए । तर रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच गएराति भएको...
श्रीलङ्काले वेस्ट इन्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला दुई–शून्यले जितेको छ । दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई एक सय ६४ रन हराएसँगै श्रीलङ्काले शृङ्खला आफ्नो पक्षमा पारेको हो । जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको पाहुना टोली एक सय ३२ रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि नक्रुमाह बोनरले ४४ र जेरमेन ब्ल्याकवुडले ३६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका...
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदाेबाटाे युथ क्लबले विभागीय टाेली एपीएफलाई हराएकाे छ । आज शुक्रवार भएकाे दाेस्राे खेलमा सातदाेबाटाेले एपीएफलाई चार–एक गाेल अन्तरले हराएकाे हाे । सातदाेबाटाेकाे जितमा मार्टीन्स कायाेदी अजयीले ह्याट्रिक गरे । मार्टिन्सले खेलकाे ४२ औँ, पहिलाे हाफकाे इन्ज्युरी समयकाे अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गाेल गर्दै...