१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
पब्जीले पुरयायो कुल्लुमनाली
  • न्युज डेस्क

    २८ माघ २०७८, शुक्रबार

(नेपालगन्ज)
कक्षा दशमा पढथीन् । गत बर्ष कोरोना माहामारीमा लकडाउन भयो । स्कुल बन्द भएपछि । अन् लाइन् कक्षा पढनुपर्ने भयो । अनलाइन कक्षा पढनका लागि नाता पर्ने दाइले मोबाइल किनेर ल्याइदिए । दिनभरी अनलाइइन् कक्षा पढथीन् । आमा पनि छोरीको पढाइ प्रतिको लगाव देखेर मख्ख भइन् । मोबाइल बोक्ने समय बढदै गएपछि उनको मन पब्जी तर्फ तानियो । मोबाइलमा खेलीने खेल पब्जीमा नया साथिहरु भेटीन् थाले । गफ गर्दै पब्जी खेल्न थालीन् । गफ संगै खेल्ने त्यो खेलमा उनको नशा बस्दै गयो । त्यहि बिचमा भारतीय युवा संग चिनजान भयो । केहि दिनको चिनजान प्रेममा परिणत भयो । २९ बर्षिय भारतीय युवा उनलाइ प्रेम गर्छु पढाउछु जागिर लगाइदिन्छु भन्ने प्रस्ताव राखे । उनको मन पग्लीयो । भारतबाट ति युवा उनलाइ लिन पोखरा पुगे । म्याग्दीकी १६ बर्षीय बालिका घरमा कसैलाइ जानकारी नदिइ राति घर बाट निस्कीइन् । युवाले उनलाइ भारतको हिमाञ्चल प्रदेशको कुल्लुमनाली पुरयाए । भाषा अनि पहिरन सबै बेग्लै ।
‘पढाइदिन्छु जागीर लगाइदिन्छु भन्नेले एक्कासी कुटपीट गर्न थाल्यौ घरमा फोन गर्न पनि दिएन् । ’एक संस्थाको सहयोगमा भारतबाट उद्धार गरीएकी १६ बर्षिय ति बालिका बुधबार नेपालगंन्ज आइपुगेकी उनले भनिन् , ‘लुकेर ममी लाइ फोन गरेपनि बल्ल घर आउन पाए । ’ आर्थिक रुपले बिपन्न उनको परिवारमा बुवा रोगी छन् । आमाले नै ज्याला मजदुरी गरी उनका भाइ र उनलाइ हुर्काउदै आइन् । आमाको बोझ कम गर्न अनि परिवार लाइ सुख दिने आशामा पराइ संग यात्रा तय गरेकी उनलाइ कहिले कुन घरमा कहिले कता बसाउदै युवाले बन्दी झै राखे । उनको शारीरिक शोषण मात्र गरेर मानसीक रुपमा उनलाइ बिछिप्त बनाए । उनलाइ घर बाट बाहिर जान बन्देज लगाइयो । ‘ दिनभरी घरको काम गर्नुपर्ने घर जान्छु भन्दा कुटाइखानुपर्ने’ बालिकाले भनिन् ,‘उसले मलाइ आफनो खुशिको लागि मात्र प्रयोग गरयौ ’
उनि मानसीक रुपले कमजोर भएकी छन् । कुटपीट अनि डर त्रासमा बसीरहेकाले झस्कीने अनि रुने गर्छीन् । आफनो बारेमा समुदायले के सोचिरहेको होला छिमेकीले के भन्लान भन्ने प्रश्नले उनलाइ थप पिडा दिइरहेको छ ।

तिन महिना पछि छोरी लँइ भेटदा आमा खुशि छन् । ‘सुरुमा घर बाट निस्कीएकी छोरी आफनो खुशि खोजेर गइ भनेर चित्त बुझाए ’उनले भनिन्,‘यसरी मर्नु न बाच्नु भएपछि कसरी मनलाइ रोक्न सक्थे ’
छोरीले भारत बाट आमा मलाइ लिन आउनुस म दुखमा छु भनेपछि आमा गाउमा ऋण खोजेर छोरी लिन भारत पुगेकी थिइन्।
भारतमा रहेका एक नेपालीले नेपाली महिला लाइ बन्दी बनाएर राखेको खबर दिएपछि प्रहरीले घरमा छापा मारेर ति बालिका लाइ उद्धार गरे सेल्टरमा पुरयाएको थियो । भारतीय प्रहरीले ति युवालाइ नियन्त्रणमा राखेको छ ।
भारतमा एक हप्ताको सरकारी प्रक्रिया पुरा गरेर छोरी लाइ नेपाल फर्काउन पाउदा उनको मन ढुक्क भएको छ । ‘दुनियाले जे भनोस मेरो छोरी बाचेर फर्कि मेरो लागी यहि काफि छ बालिकाकी आमाले भनिन् ,‘ कसैका छोरीहरु यसरी कसैको लहडमा नफसुन् ।

 

 

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech