नेपालगन्ज बाँकेका आठ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । । गत बर्ष २०७६/०७७ को महालेखाले प्रतिवेदन सार्वजनिक...
नेपालगन्ज भेरी अस्पतालको मेसुमा डा.बद्री चापागाई नियुक्त हुनु भएको छ । भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्ट्यान्ट छाला, कुष्ठ, यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । डा चापागाई ११ औं तहको हुनुहुन्छ । यसअघिका...
बर्दिया – बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा सोमवार बाघकाे नियन्त्रणकाे माग राखेर स्थानीयबासीले दिउंसाे अाेराली बजार प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा एक महिलाको मृत्यु भएको छ। प्रहरीले दर्जनौँ सेल अश्रुग्याससहित लाठी चार्ज र रबरकाे गाेली प्रहार गरेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी...
(नेपालगन्ज) बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बाकेका युवाले शुक्रबार दबाब ¥याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने माग गरे । विद्यार्थीहरुले बलात्कारका केसमा हदम्याद हटाउनु पर्ने पिडीत लाइ चाडै न्याय दिनुपर्ने , बालिका र महिलाको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने...
बाँके - बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. १ मा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेवार यमबहादुर खड्का ८७७ मत ल्याएर विजयी भएका हुन् । यसैगरी महिला सदस्यमा यामकुमारी वलीले ९४९, दलित महिला सदस्य निर्मला बिकले ८६३, खुला सदस्यतर्फ चर्कबहादुर भण्डारीले ८१६ र भरतकुमार बुढाथोकीले ८२६ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षमा नेपाली...
काठमाडौं – एसियाली खेलकुदको तयारीका रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले...
(नेपालगन्ज) नेपालगंन्ज उपमहानगरको २३ वडामा चार जना महिला वडा अध्यक्षको प्रतिस्पर्धामा छन् । यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ ।वादि समुदायको प्रतिनिधीत्व गर्दै राप्रपाकी मन्जु वादी वडा न. ५ बाट अध्यक्षको उम्मेदवार छन् । उनि बादि समुदायको प्रतिनिधीत्व गर्ने एक्लो उम्मेदवार हुन् । यस्तै अघिल्लो निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिका...
नेपालगन्ज - मौन अवधी सुरु हुन १ दिन मात्र बाँकि नेकपा एमाले कोहलपुर नगरपालिकाका उम्मेदवारहरुले आज कोहलपुर वडा नम्बर १२ का सबै टोलहरुमा घरदैलो को साथमा विभिन्न टोलहरुमा राखिएको कोणसभामा आफ्ना प्रतिबद्धता राख्दै वडा भित्रका समस्या पहिचान गर्दै हिडेका छन् । कोहलपुर वडा नम्बर १२ स्थित जानकिनगर , शान्तिटोल , निबुवा , मसुरिखेत सुन्दरबस्ती लगायतका...
नेपालगन्ज - नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले प्रचारप्रसार तीब्र बनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र बनाएका हुन् । यसअघि कांग्रेसले नै जितेको वडा नम्बर १२ मा आफ्नो विरासत जोगाउन कांग्रेस जोडतोडले लागेको छ । दिनहुँ घरदैलो गरिरहेका कांग्रेस...