१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाँके क्षेत्र नं.२मा जसपाको घरदैलो
  • न्युज डेस्क

    १४ कार्तिक २०७९, सोमबार

बाँके- जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ।केही दिन अघि निर्वाचन क्षेत्र भित्र पर्ने नेपालगन्ज उपमहानगर र डुडुवाका २७वटै गाविसमा उसले एकै पटक घरदैलो अभियान थालेको थियो। चुनाव प्रचारप्रसार समितिका अनुसार सबै वडाहरूमा चुनावी घरदैलो अभियान तीव्र र उत्साह जनक रूपमा भइ रहेको छ।
सोमबार बिहानै देखि नेपालगन्जका विभिन्न वडा हरूमा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राई तथा प्रदेश सभाका उम्मेदवारआदेश अग्रवाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूले घरदैलो गरेका थिए। नेपालगन्जका वडा नं १, २, ४ र ५ मा घरघरै पुगेर उम्मेदवारहरूले मतदातालाई भेट्दै मत मागेका थिए। घरदैलो अभियानका क्रममा जनता समाजवादी पार्टी प्रति मतदाताको उत्साह देखिएको उम्मेदवार राईले बताए। ‘अबका केही दिन हामीले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिने छौं।त्यस पछि पनि मतदाताको घर घरमा पुग्नेर भेटघाट गर्ने कार्यक्रम निरन्तर रहन्छ’ उनले भने‘अहिले सम्म हाम्रो पार्टी र उम्मेदवारहरू प्रतिमतदाताको धेरै उत्साह देखिएको छ।’ उनले घर घरमा आएर झुटा कुरा गर्ने, भ्रम फैलाउने र आश्वासन मात्रै दिने उम्मेदवारलाई भन्दा आफूहरू सँगै रहेर आफ्नो क्षेत्रको विकासको कामलाई पनि अघि बढाउने उम्मेदवारलाई मतदिन अपिल गरेको बताए।
‘हामीले हाम्रो पार्टी र हाम्रा उम्मेदवारहरू प्रतिएक प्रकारको उत्साह पाएका छौं ’उम्मेदवार राईले भने‘सांसदर मन्त्री हुँदा काम गरेको र फेरि पनि विकासको लहर ल्याउनका लागि मौका दिनु हाेस्। हाम्रो कामको मुल्याङ्कन आम मतदाताले आफै गरिहाल्नु हुन्छ।’

  • १४ कार्तिक २०७९, सोमबार प्रकाशित
  • Nabintech