१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
बाँकेका ३वटै निर्वाचन क्षेत्रमा जसपाले आफ्ना उम्मेदवार खडा गरी एकलै चुनाबी मैदानमा उत्रिएको छ
  • न्युज डेस्क

    २३ आश्विन २०७९, आईतवार

बाँके – जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ।बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन्। त्यस्तै निर्वाचन क्षेत्र नं १ (क) बाट अम्मर बहादुर खड्काले उम्मेदवारी दिएका छन्। उनी माओवादी केन्द्र त्यागेर आजै जसपा प्रवेश गरेका हुन्। त्यस्तै क्षेत्र नं १ को (ख) बाट लालबहादुर शाह उम्मेदवार बनेका छन्।

प्रतिनिधि सभा क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन्। २ को (क) बाट भण्डारी लाल यादव र (ख) बाट आदेश कुमार अग्रवालको उम्मेदवारी परेको छ। अग्रवाल आजैमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन्।                         

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं ३ मा नोयन्द्र धितालको उम्मेदवारी परेको छ। एमालेले टिकट वितरणमा अन्याय गरेको भन्दै धिताल जसपा प्रवेश गरेर निर्वाचन लड्न लागेका हुन्। प्रतिनिधि सभा क्षेत्र नं ३ को प्रदेश सभा (क) बाट गयासुद्दिन खान उम्मेदवार छन् भने (ख) बाट विजय कुमार पाठकले उम्मेदवारी दर्ता गरेका छन्।

 

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित
  • Nabintech