काठमाडौं – एसियाली खेलकुदको तयारीका रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई सन्तोष बरालले...
नेपालगन्ज बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा...
काठमाण्डौं बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु...
काठमाडौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम संचालन गर्नुपर्ने बताउनुभएको हो । स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई...
(नेपालगन्ज) आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी भारतको हरियाणा स्पोर्टस् क्लबले हात पारेको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधिका लागि भएको प्रतिस्पर्धामा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो...
(नेपालगन्ज) बिहिबार देखि नेपालगंनजमा सुरु भएको आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगितामा नेपालपुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लबले जितदर्ता गरेका छन् । प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा नेपालपुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको...
फागुन २९, काठमाण्डौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदै हुनुहुन्छ । नेपाल एयरलाईन्सको बिमानबाट मन्त्री अथक आईतबार राती ११ः३० बजे दुबई जानलाग्नुभएको हो । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मी समेत दुबई जाने कार्यक्रम रहेको छ । मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी...
(नेपालगन्ज) नेपालगंन्जमा जारी कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधी भैरवप्रसाद गण इमामनगर ब्यारेक राझाले हात पारेको छ । शुक्रबार नेपालगंन्ज रङ्गशालामा भैरवप्रसाद गण इमामनगर ब्यारेक राझा र चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट बिच भएको फाइनल खेलमा आयोजक टिम भैरवप्रसाद गणले उपाधी हात पारेको हो । चन्दननाथ गण संंग भएको फाइनल प्रतिस्पर्धामा १–०ले भैरवप्रसाद...
काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी सदस्य सचिवको रुपमा कमल प्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । मन्त्रीपरिषद्को मंगलबारको बैठकको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको प्रशासनिक तथा आर्थिक अधिकार सहितको जिम्मेवारी मन्त्रालयका सह–सचिव पोखरेललाई दिएका हुन् । मन्त्रीपरिषद्को मंगलबारको बैठकले राखेपको...
न्यूज डेक्स काठमाडौं, पुस १३ किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत भएकी छिन् । मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डााफे लेक, हुादै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल...