१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
नेकपा एमालेले बाँकेमा २ प्रतिनिधि र ५ प्रदेश सभा सदस्य सहित उम्मेदवारी दर्ता गराएकाे छ
  • न्युज डेस्क

    २३ आश्विन २०७९, आईतवार

बाँके- बाँकेमा ३ वटै निर्वाचन क्षेेत्रमा  नेकपा एमालेले आफ्नाे उम्मेदवार दर्ता गराएकाे छ । २ प्रतिनिधि  र ५ प्रदेश सभा सदस्यामा नेकपा एमालेले उम्मेदवारी दिएको हो।
नेकपा एमालेका केन्द्रिय सदस्य सूर्यप्रसाद ढकालले  बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन। त्यसै गरी  एमाले क्षेत्र नं. १ बाट प्रदेशसभाकाे (ख) दुर्गाप्रसाद चौधरीले  उम्मेदवारी दर्ता गराएका छन। एमाले क्षेत्र नं. १ का अगुवा नेता तथा कार्यकर्ताहरुको बाग्लो सहभागितामा ढकालले उम्मेदवारी दर्ता गराएका हुन ।                                      यसैगरी  बाँकेकाे क्षेत्र नं. २ मा एमाले र राप्रपा बिच सहमति भएपछि प्रतिनिधि सभा निर्वाचनमा एमालेले राप्रपालाई सघाउने भएको हो। एमाले र राप्रपा पार्टीको सहमति अनुसार बाँके क्षेत्र नम्बर-२ बाट राष्ट्रिय प्रजातान्त्र पार्टी र नेकपा एमालेले एकैसाथ उम्मेदवारी दर्ता गराएको छ। राप्रपा पार्टीको प्रतिनिधिसभाका   लागि क्षेत्र नं. २ बाट डा: धवल शमशेर राणाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट प्रदेशसभामा क्षेत्र नम्बर २ (क) बिजय यादव र प्रदेश सभाकाे (ख) निरक गुरुङले उम्मेदवारी दर्ता भएकाे छ।                                                                             

बाँके क्षेत्र न ३ मा नेकपा एमालेका प्रतिनिधि सभा तथा प्रदेश सभा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधि सभाका लागि क्षेत्र नं. ३ बाट किस्मतकुमार कक्षपति प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र (ख) भीमबहादुर वलीले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।  निर्वाचन कार्यालयमा एमाले समर्थकहरुको बाग्लो उपस्थितिमा संघिय सांसद र प्रदेश सांसदका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गरएका हुन।

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित
  • Nabintech