(नेपालगन्ज) यही ३० गते वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय निर्णय भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए । बँके जिल्लासँग...
(नेपालगन्ज ) आगामी चुनावका लागि जनप्रतिनिधीले सरकारी आचारसंहिताको उल्लघन गरेर आफुले पाएको सवारी साधन प्रयोग गरीरहेको बेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर एकका जनप्रतिनिधीले सरकारी सवारी साधन वडा कार्यालयलाई बुझाएका छन । वडाध्यक्ष प्रमोद रिजालले जनप्रतिनिधी भएका बेला आफुले प्रयोग गर्दै आएको मोटसराईकल र प्यापटप सोमबार वडा कार्यालयलाई बुझाएका हुन् । यसरी...
गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ। बिहिबार जेजी क्रिएसन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो। प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरूङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन्। किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन्। गीतको...
माथि डाँडामा पुगेर उत्तर र पूर्वतर्फ हेर्यो भने सेताम्य हिमालको लर्कन नै देखिन्छ । तलतिर हेर्दा कालीगण्डकीको खोंच अनि मनोरम दृश्य । भुइँमा गुन्द्री ओछ्याएर बिस्कुन सुकाए जस्तै हिउँ । अलिकति सम्म परेको डाँडाको बीच भागमा बनाइएको छ भ्यु–टावर । त्यही टावरमा चढेर चारैतिरको दृश्य नियाल्न पाउँदा मनमा कम्ती आनन्द हुँदैन । वरिपरि पहाडका टाकुराको मनोरम दृश्य र वनस्पतिको...
मंसिर १० गतेदेखि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा चलिरहेको छ । महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा शनिबारदेखि चलिरहेको छ । त्यसैले सौराहाको बजार क्षेत्रमा मानिसहरुको बाक्लो भिड छ । तर चितवन राष्ट्रिय निकुञ्जसँगैको यो क्षेत्रमा मानिसको भीडदेखि टाढा जनावर र पशुपंक्षीहरु आफ्नै संसारमा छन् । पर्यटकहरु पनि हात्ती चढ्ने, मनोरम दृश्यको अवलोकन गर्ने,...
हिमाली जिल्लामा बुधबारदेखि हिउँ पर्न थालेको छ। मनाङ मुस्ताङको माथिल्लो क्षेत्रमा केही दिनयता हिउँ परिरहेको छ। मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीय मनबहादुर विकले जानकारी दिए। त्यस्तै, मनाङको ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा...
आज मार्ग कृष्ण पक्षको चतुर्दशी आज बिहानै मृतकका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन्। शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरेका थिए। यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक...