१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
जोखीम न्युनीकरणका लागी बारबर्दिया नगरपालीका दमकल ल्याउने तयारीमा
  • न्युज डेस्क

    १३ चैत्र २०८०, मंगलवार

 

मेनका चौधरीः बर्दिया ः ११ चैत्र

विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा वुझाई र सिकाई गराउने उद्देश्यले पुर्वानुमानमा आधारित पुुुुुुर्वकार्य प्रभावकारी विपद् प्रतिकार्यको लागी तयारी अवस्थामा रहेको बारबर्दिया नगरपालीकाको उपप्रमुख रत्ना कुमारी पाण्डे बताउनु भएको छ ।

स्थानीय तह विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापन शुसासन मापन सुचक तयारी अवस्थामा रहेको बताउदै उहाले बारबर्दिया नगरपालीका बर्दियाको सवै भन्दा धेरै जनंसख्या रहेको नगर हो सवै ठुलो भुगोल रहेको नगरपालीका हुनाले विपद्को वेलामा जनधनको क्षेती रोक्नको लागी दमकल आवश्यक रहेको बताउदै अव छिटै दमकल ल्याउने तयारी रहेको बताउनुभयो ।

बारबर्दिया नगरपालिकाको विपद् जोखीम न्युनीकरण र व्यवस्थानमा स्थानीय तहको क्षमता अभिमृद्धि सम्वन्धि तिन दिने जयनगरको तालिम कार्यक्रममा सम्वोधन गर्दै सो कुरा उपप्रमुख पाण्डेले बताउनु भएको हो ।

सो तालिममा बारबर्दिया नगरपालीकाको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने विपद् जोखिम न्युनीकरण र व्यवस्थापनमा प्रभावकारी समन्वय , संयन्त्र बनाउने जानकारी दिनुभयो ।

उक्त तालीममा स्थानीय स्तरको जोखीम पहिचानको लागी संङकटा सन्नता क्षमता विश्लेषण,विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनलाई वार्षिक विकास योजनामा मुल प्रवाहीकरणको बारेमा रेडक्रस सोसाईटीको अधिकृत मान वहादुर सिहंले जानकारी दिनुभएको थियो ।

पुर्वानुमानमा आधारित पुुुुुुर्वकार्य प्रभावकारी विपद प्रतिकार्यको बारेमा , समावेशी विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा सुसासन मापन सुचकको बारेमा सहभागीहरुलाई व्यख्या गर्ने विषयमा रेडक्रस सोसाईटीका अधिकृत लौटन चौधरीले प्रशीक्षण दिनुभएको थियो ।

सो तालिममा प्रभावकारी मानवीय प्रतिकार्यको लागी मानवीय मापदण्डहरुको महत्वलाई पहिचान गर्ने, विपद् जोखीम न्युनीकरण र व्यवस्थापनमा प्रभावकारी समन्वय संयन्त्र बनाउने विषयमा विपद्को समयमा नेपालमा विपद् प्रतिकार्य संयन्त्रका जानकारी रेडक्रसका जिल्ला सदस्य महेश चन्द गौतमले दिनुभयो ।

सो कार्यक्रममा अन्तरपालीका समवन्य मार्फत सयुक्तरुपमा विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापनमा पहलहरु गर्ने बारेमा , स्थानीय तहमा विपद जोखीम न्युनीकरण र व्यवस्थापन सम्वन्धी पहलहरुको सुचीको बारेमा जानकारी अच्युत सुवेदी ,र रश्मी तामाङले सहजीकरण गर्नुभएको थियो ।

तालीम कार्यक्रममा संघ , प्रदेश , स्थानीय तहमा विपद् जोखीम न्युनीकरण तथा व्यवस्थापन योजना र नीतिहरु सँग परिचिति गराउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

मौसम पुर्वानुमानमा आधारित पुर्व कार्यमा सहभागीहरुलाई अभ्यास गर्नुका साथै समुदायमा क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको रेडक्रस सोसाईतीका रश्मी तामाङले जानकारी दिनुभयो ।

तालिमले समुदायमा आधारीत प्रकोप विपद् जोखीम न्युनीकरण र व्यवस्थापन आवश्यक सहजीकरण गरी नीति निमार्ण योजनामा सहयोग गर्नुका साथै समुदायमा आधारीत विपद् जोखीम न्युनीकरणमा स्थानीय तहलाई रहेको जिम्मेवारीहरु बोध गराउन सहयोग पुग्ने उदेश्य र अपेक्षा गरेको बताउनु भएको छ ।

नेपाल रेडक्रस सोसाईतीका अधिकृत लौटन चौधरीले सो कार्यक्रममा सहभागीहरुलाई विपद्मा आई परेको वेलामा जोखीम न्युनीकरण र सफलता पुर्वक उक्त जोखिम व्यस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायहरुले गर्नु पर्ने काम लगायतको विभिन्न पक्षका बारेमा जानकारी विपद्को आउनु पुर्व प्रत्येक समयमा सजक सर्तक रहन अनुरोध गर्नुभएको थियो ।

  • १३ चैत्र २०८०, मंगलवार प्रकाशित
  • Nabintech