७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार
मनसुन पुर्वतयारी वारेमा सर्व पक्षीय चिन्ता व्यक्त
  • न्युज डेस्क

    २७ बैशाख २०८१, बिहीबार

oneplus_53244

 

मेनका चौधरी ः

बर्दिया ः

मनसुन पुर्वतयारी वारेमा सर्व पक्षीय चिन्त व्यक्त गर्दै नेपाल रेडक्रस सोसाईटी बर्दिया जिल्ला शाखाको विपद जोखिम व्यवस्थापनमा सवलताका लागी सहकार्य परियोजना विषयगत शाखा र अति संकटासन्नता समुह विच अन्तरक्रिया तथा जिल्ला स्तरीय मनसुन तयारी सम्वन्धी एकदिने कार्यशाला गोष्ठी आज गुलरियामा सम्पन्न भएको छ ।

बर्दियामामा विश्व रेडक्रस दिवसको अबसरमा जाँ हेनरी ड्युनाको फोटोमा माल्यार्रपण गरि मे ८ विश्व रेडक्रस दिवस मनाउदै रेडक्रसको मनसुन पुर्व तयारी गर्दै गुलरियामा कार्याशाला गर्दा विपद भएमा घरधुरी सर्वेक्षण गर्ने अभियान समेत नगरपालीकाको रहेको गुलरिया नगरपालीकाको उपप्रमुख सावीत्रा गौतमले बताउनु भएको छ ।

रेडक्रस अभियानको मे ८ २०२४ विश्व रेडक्रस दिवसको बारेमा बर्दिया जिल्ला रेडक्रसका सभापती कृष्ण गौतम ले प्रस्तुतीकरण गर्नु भएको थियो ।

सुजरलेन्डमा जन्मेका हेनरी ड्युनाले स्थापना गरेको संस्था रेडक्रस आज विश्वको १९२ वटा देशमा स्थापीत छ । हेनरी ड्युनाको जन्म १८५९मा भएको थियो । ड्युनाले सल्फेरिनोको युद्ध पछि उनले घाइतेहरुको सहयोगको निम्ति अन्र्तरराष्ट्रिय समितिको स्थापनाको लागी सन १८७५मा आइसी आर सी स्थापना गरेको उहाँको धेरै महत्व भएको गौतमले बताउनु भएको हो ।

कार्यक्रममा मनसुन पुर्व तयारी कार्यशालाको आवश्यकता, महत्व र रेडक्रसको भुमीकाको बारेमा रेडक्रसका जिल्ला सदस्य महेश गौतमले जानकारी गराउनु भएको थियो ।

भने सो कार्यक्रममा पालिकाको योजना तर्जुमा प्रक्रिया तथा समावेशी विपद योजना तर्जुमा मुल प्रवाहीकरण र पुर्वकार्य संयन्त्रको प्रस्तुतीकरण गुलरिया नगरपालीकाको विपद सम्र्पक व्यक्ती मुकुन्द अर्यालले गर्नुभएको थियो ।

सो अन्तरक्रियामा विपद प्रतिकार्य संयन्त्र र प्रारम्भिक दु्रत लेखाजोखा सर्वेक्षण फारमको वारेमा प्रस्तुतीकरण रेडक्रस सोसाईती बर्दियाका कार्यक्रम अधिकृत लौटन चौधरीले जानकारी दिनुभएको थियो । सो कार्यक्रममा मनसुन पुर्वतयारी कार्यशाखा योजना निमार्णको बारेमा बर्दियाको सवै उपशाखाका बारेमा समेत रेडक्रसका कार्यक्रम अधिकृत चौधरीले जानकारी दिनुभएको हो ।

विश्व रेडक्रस दिवसको ८मे २०२४ दिनमा बर्दियाको ८ वटै पालीका उपशाखाका सभापतीहरु प्रत्येक वडाका जोखीम समुह विच छलफल तथा अन्तरकृया र मनसुन पुर्व तयारी कार्याशाला विपद भएमा घरधुरी सर्वेक्षण गर्ने बारेमा समेत जानकारी गराएको थियो ।

सो कार्यक्रममा बर्दियाको आट वटै पालीकाको रेडक्रसको उपशाखाको सभापतीहरुको तर्फबाट मधुवन नगरपालिकाका उपशाखाका अध्यक्ष अमर बहादुर केसीले मनपुर्व तयारी कार्यशालाको परिचय औचीत्य र महत्वको बारेमा जानकारी पाएपछि आफुहरुलाई आउने विपदको वेला काम गर्न थप सहयोग मीलेको बताउनु भएको छ । उक्त कार्यक्रममा विपद व्यवस्थापन शाखा र संकटासन्न समुह विच अन्तरक्रिया र जिल्ला स्तरीय मनसुन पुर्वतयारी कार्यशालामा जिल्लाको विपद व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सवैले चिन्ता व्यक्त गर्नुभएको थियो ।

  • २७ बैशाख २०८१, बिहीबार प्रकाशित
  • Nabintech