१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
बालबालिकाको हेरचाहमा बाबुको भुमिका लाइ लिएर सर्वपक्षीय चिन्ता व्यक्त
  • न्युज डेस्क

    २९ चैत्र २०८०, बिहीबार

oneplus_65466

मेनका चौधरी । बर्दिया ।
बालबालिकाको हेरचाहमा बुवाको भुमिका बिषयक योजना सम्वन्धी बैठक तथा छलफल गर्दै सर्वपक्षीय रुपमा चिन्ता व्यक्त गरेका छन्।
महिलाहरु आर्थिक रुपैयामा शसक्तीकरण आर्थिक रुपमा आत्म निर्भर,शिक्षामा , परिवर्तन हुने बारबर्दियाका नगर प्रमुख छबीलाल थारुले बताउनुभयो ।
बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन हरेक अभिभावकहरुले आफ्नो आनीबानी व्यावहार परिवर्तन गर्न बालबालिकामा लगानी गर्न अनुरोध गर्दै गुणस्तरीय शिक्षा लागू गर्ने नगरपालिकाको महाअभियान महायोजना रहेको नगरप्रमुख थारु बताउनुभयो ।
बालबालिकाको हेरचाहमा वुवाको अहंम भुमीका रहेकोले ससक्त बालिका परियोजनाले बारबर्दिया नगरपालिकाको गाउँ गाउँमा, टोल टोलहरुबाट अभिभावक हरुलाई सचेतना जगाउनु पर्ने अहिलेको अवश्यकक्ता रहेको नगर प्रमुखले थारुले जानकारी दिनुभयो ।
उहाँले आजको आवश्यकता बालबालिकाको हेरचाहमा बुवाको अत्यतै महत्त्वपूर्ण भुमिका विषयक योजना बैठकमा सो कुरा नगरप्रमुखले बताउनु भएको हो ।
सो कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रको बालबालिकाको हेरचाहमा वुवाको भुमिका ससक्त बालिका परियोजनाका परियोजना अधिकृत संजय कुमार चौधरीले वैठकमा कार्यक्रमको उदेश्य माथि प्रकाश गर्दै कार्यक्रमको सहजीकरण गर्नुभएको थियोे ।
सो बैठकमा बारबर्दिया नगरपालिका १ देखि ७ नम्वरका बडा अध्यक्षहरु र नगरपालिकाका कार्यलयका शाखा प्रमुखहरुको सहभागीमा उक्त छलफल तथा बैठक सम्पन्न भएको हो ।
सो बैठक राधाकृष्ण कृष्ण थारु जनसेवा केन्द्रको बालबालिकाको हेरचाहमा बुवाको भुमिका विषयक योजना वैठक बालबालिका हेरचाहमा बुवाको भुमिका ससक्त बालिका परियोजनाको आयोजनामा भएको बैठकको सभा अध्यक्ष बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुको अध्यक्षता सम्पन्न भएको हो ।

 

  • २९ चैत्र २०८०, बिहीबार प्रकाशित
  • Nabintech