१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
२३औ शसस्त्र प्रहरी दिवसमा ,शसस्त्र प्रहरी प्रधान कार्यालय द्धारा डुडुवा अध्यक्ष चौधरी सम्मानित
  • न्युज डेस्क

    ७ चैत्र २०८०, बुधबार

(नेपालगन्ज)
शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा सहयोग पुरयाएको भन्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरीएको छ ।

शसस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाण्डौले बाके डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई सम्मान गरेको हो ।
शसस्त्र प्रहरीलाई सामाजिक सदभाव, शान्ति, सुरक्षा कायम राख्ने कार्यमा अध्यक्ष चौधरीले उल्लेखनिय सहयोग पुरयाएको भन्दै उहाको उच्च मुल्याङ्कन गर्दै प्रहरीले सो सम्मान गरेको हो ।

२३औ शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा शसस्त्र प्रहरी प्रधान कार्यालयले पालिका अध्यक्ष चौधरीलाई कदरपत्रले सम्मान गरेको हो । शसस्त्र प्रहरी दिवसको अवसरमा प्रदान गरिएको कदर पत्र नेपालगन्जमा प्रदान गरिएको थियो ।

शसस्त्र प्रहरी बल महेन्द्रनगर बाँकेका प्रमुख (गणपति) शसस्त्र प्रहरी उपरिक्षक विमल डागीले एक कार्यक्रमका विच पालिका अध्यक्ष चौधरीलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभयो ।

कदर पत्र ग्रहण गर्दै पालिका अध्यक्ष चौधरीले गाउँ समुदाय तथा सिमा क्षेत्रमा शसस्त्र प्रहरीको भुमिका प्रभावकारी रहेको भन्दै शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाले हरेक नागरिकले प्रहरीलाई सहयोग गरेमा मात्र शान्ति सुरक्षाको मजबुत हुने बताउनुभयो ।

 

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित
  • Nabintech