१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
संयुक्त दलित संघर्ष समितिले आठवटै पालिकामा संयुक्त दलित संघर्ष समिति गठन गर्ने
  • न्युज डेस्क

    २२ चैत्र २०८०, बिहीबार

(नेपालगंन्ज )

दलित माथि हुने गरेका विभेद र अन्याय बिरुद्ध निरन्तर संघर्ष र पैरवी गर्ने उद्धेश्यले गठन भएको संयुक्त दलित संघर्ष समिति बाकेले आठवटै पालिकामा पालिका स्तरिय संयुक्त दलित संघर्ष समिति गठन गर्ने भएको छ ।

बुधवार नेपालगंजमा बसेको संयुक्त दलित संर्घष समिति बँकेको बैठकले वैशाख ११ गते एकैदिन बाकेको आठवटै पालिकामा एकसाथ पालिका स्तरिय समिति गठन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत तोकेपछि पालिका स्तरिय समिति गठन हुने भएको हो ।

बैठकले जिल्लाका समिति सदस्यहरुलाई पालिका स्तरिय संघर्ष समिति गठन गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । जस अनुसार नेपालगंजमा जीवन सिह परियार कोहलपुरमा शान्ती सुनार खजुरामा अमर बहादुर बिक राप्तीसोनारीमा कृष्ण बहादुर बिक जानकीमा मोहनलाल सोनखर बैजनाथमा निर्मला सुनार डुडुवामा प्रकाश नेपाली र नरैनापुरमा बुद्ध बहादुर सुनार लाई जिम्मेवारी तोकेको संयुुक्त दलित संघर्ष समिति बाँके सचिव दिल बहादुर परियारले जानकारी दिनुभयो ।

गत २१ मार्च अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवशका दिन नेपालगंजमा गठन गरिएको ५३ सदस्यीय समितिले दलित माथि हुने गरेका विभेद र अन्याय अत्याचारका बिरुद्ध निरन्तर संघर्ष र पैरवी गर्ने र जिल्ला भरीका दलितहरुलाइ संगठित गर्ने उदेश्यले पालिका स्तरिय संघर्ष समिति गठन गर्न लागिएको संयुक्त दलित संघर्ष समिति बाँकेका संयोजक कृष्ण बि के रसाईलीले बताउनुभयो ।

संयोजक रसाईलीले संबिधानमा सुनिश्चित गरिएका दलितहरुको अधिकार लाई ब्यवहारमा सही कार्यान्वयन गर्न गराउनुका साथै बर्तमान राजनितिक परिघट्नामा दलितका अधिकारहरु गुम्ने खतरा देखिएकोले सबै राजनितिक बिचार र आस्थामा नेतृत्व गर्ने दलित नेताहरु र संघसंस्थाका अगुवाहरु सहितको सर्वपक्षिय संयुक्त दलित संघर्ष समिति गठन गरिएको बताउनुभयो । उहँले दलितका सवालमा राजनिति आस्था र बिचार बाट माथी उठी संघर्षका कार्यक्रमहरु निरन्तर गर्ने जनाउनुभयो ।उहाले संयुक्त दलित संघर्ष समितिमा जोडिन सम्पूर्ण दलित समुदायका अगुवाहरुलाई आह्वान समेत गर्र्नुभयो ।

 

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित
  • Nabintech