१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
मिना सुवेदी ढकालको अध्यक्ष्तामा ५१ सदस्यीय अनेमासंघ
  • न्युज डेस्क

    २४ चैत्र २०८०, शनिबार

नेपालगंन्ज ।

अखिल नेपाल महिला संघ बाँकेको सातौ सम्मेलनले मिना सुवेदी ढकालको अध्यक्षतामा ५१ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्ष मिना सुवेदी ढकाल, उपाध्यक्ष कोपिला कडेल र माया गौतम, सचिव अनिता थापा, कोषाध्यक्ष सायरा बानु सहसचिवमा ज्ञानु स्वर्णकार सदस्यहरुमा सुमन गिरी, जमुना केसी, जयन्ती खत्री, सुर्जा सुनार, तारा विक, विष्णु पाण्डे, कृष्ण थारु, सीता गुरुङ, लीला सुनार, लक्ष्मी सिंह ठकुरी, शारदा यादब लगायत ५१ जनाको नयाँ कमिटि चयन भएको छ ।

सम्मेलनमा अनेमसंघ केन्द्रिय सचिव तथा लुबिनी प्रदेश इन्चार्ज विना ज्ञावलीको प्रमुख आथित्यता र नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव तथा महिला बिभाग प्रमुख लिला राना, अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेल, नेकपा एमाले बाँकेका केन्द्रिय सदस्यहरु मा.दिपा शर्मा, मा.सुर्य ढकाल, शान्ती ढकाल, मो.हारुन, लेखा आयोगका केन्द्रिय सदस्य विजया धिताल अनेमसंघका प्रदेश कमिटिका महिला नेता लगायतको सहभागीता रहेको थियो ।

अनेमसंघका केन्द्रिय सदस्य अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न बन्दसत्रमा निर्बाचन मण्डलका अध्यक्ष प्रदेश उपसचिव लिला रानाले निर्वाचित पदाधिकारी सहितका सदस्यको नाम पढेर सुनाउनु भएको थिया । निर्वाचित पदाधिकारीहरुलाइ केन्द्रिय सचिव एव. प्रदेश इन्चार्ज विना ज्ञवालीले सपथ खुवाउनु भएको थियो भने बाकी सदस्यहरुलाइ भोलिपल्ट बसेको पहिलो बैठकमा अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले सपथ खुवाउनु भएको थियो ।

  • २४ चैत्र २०८०, शनिबार प्रकाशित
  • Nabintech