न्युज डेस्क :प्रेस चौतारी बाँकेको ९ औं जिल्ला अधिवेशन यहि पुस २८ गते हुने भएको छ । जिल्ला अध्यक्ष हेमन्त विकको अध्यक्षतामा शनिबार नेपालगन्जमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन हुनेछ । अधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ । बैठकले अधिवेशन भन्दा अगाडी सम्पूर्ण सदस्यहरुको...
न्युज डेक्स :बाँकेको डुडुवा गाउँपालिकाको दशौ गाउँसभाले सात वटा विधेयक पारित गरेको छ । विहीबार बसेको सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय...
न्युज डेक्स :नेकपा एमाले बाँकेका उपसचिव तथा प्रचार विभाग प्रमुख प्रमोद धिताल पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले धिताललाई बाकेको कोहलपुरमा भएको एक कार्यक्रमबिच पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन । धिताल २०४१ सालबाट विद्यार्थी राजनीतिबाट आफनो राजनीतिक यात्रा शुरु गरेका हुन । उनि अनेरास्ववियुको...
न्युज डेस्क: नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारीहरुको सयुंक्त बैठक नेपालगंन्जमा भएको छ । जिल्ला प्रशासन कार्यालय बाकेको अनुसार भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको हो ।नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न समन्वय गरेर अघि बढ्ने बिषयमा छलफल केन्द्रीत...
न्युज डेस्क: नेपालगन्जमा ट्रककाे ठक्करबाट एककाे मृत्यु भएकाे छ। पुष्पलाल चोक नजिकै बुधबार ना ६ ख २६२३ नम्वरको ट्रकले भे ७ प २७८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा तिलागुफा गाउँपालिका ३ कालिकोटका २९ वर्षीय कुश हमालको मृत्यु भएको प्रहरीले जनाएको छ । कोहलपुरबाट धम्वोजीतर्फ आउँदै गरेको ट्रकले पुष्पलाल चोक नजिक मोटरसाइकललाई ठक्कर दिएपछि हमाल गम्भीर घाइते भएका...
न्युज डेस्क बाकेमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरीएपनि पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन्। स्वास्थ्य कार्यालय बाकेका अनुसार जिल्लामा ६ लाख १९ हजार ३३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६७४ जनाले एउटा पनि खोप लगाएका छैनन्। कार्यालयले आयोजना गरेको कोभिड–१९ खोपसम्बन्धी जिल्लास्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला...
ज्याेति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लि.नेपालगन्जले २० आै बार्षिक साधरणसभा सम्पन्न भएकाे छ। संस्थाकाे अध्यक्ष शुष्मा महर्जनकाे अध्यक्षता, प्रकाश ज्ञवाली जिल्ला बचत तथा ऋण सहकारी संघकाे प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष आशामाया बजगाई, निवर्तमान अध्यक्ष नयाँ देवी गुरुङ र कानूनी सल्लाहकार कपिल देव शर्माकाे आतिथ्यतामा जिल्ला समन्वय समितिकाे हलमा साधारण...
न्युज डेस्क नेपालगन्जलाई साक्षर नगर घोषणाको तयारी गरिएको छ । नगरलाई साक्षर घोषणा गर्न थालिएको अभियानका बारेमा जानकारी दिन उपमहानगरले पत्रकार संग अन्तरक्रिया गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्य सम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगन्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ ।यो अभियानका लागि...
न्युड डेक्स, १ पुस(काठमाडौ) शुक्रबारदेखि चिसो बढेर हिमपात हुने सम्भावना रहेको मौसमविद्को अनुमान छ । पश्चिमी वायुसंगै आउने पश्चिमी न्युन चापीय प्रणाली(पश्चिमी खाडल) ले हिमपात ल्याउने सम्भावना रहेको हो । जसका कारण सुदुरपश्चिम प्रदेश हुदै र्पुतिर बादल सर्ने मौसमविद् बताउछन् । मौसमविद् मन्जु बासीका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बीनि र गण्डकी प्रदेशमा आंशिकदेखि...