२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार
दुइ महिला प्रमुख बनाउदै एमाले बाके

बोलीमा मात्रै होइन् ब्यवहारमा महिला सशत्तिकरण

  • न्युज डेस्क

    ११ बैशाख २०७९, आईतवार

 

नेपालगन्ज
स्थानीयतहको चुनावमा महिला संख्या घटने आशंका बिच नेकपा एमाले बाकेले दुइ पालिका प्रमुखमा महिला उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले बाकेका आठ वटै स्थानीय तहमा आफना उम्मेदवार चयन गर्दै दुइ पालिकको प्रमुखमा महिला उम्मेदवार छनौट गरेको हो ।
ग्रामिण भेगमा अझै पनि घर बाट बाहिर आउन नसकेका महिला लाइ राजनितीको खुला मैदानमा अग्रसर गराउन एमाले बाकेले अवसर दिएको छ ।
नरैनापुर गाउपालिकाको प्रमुखमा पदमावती यादव लाइ उम्मेदवार बनाएर एमालेले महिला प्रति सम्मान गरेको नरैनाबासी बताउछन् ।
पदमावती यादव एमालेका तत्कालीन केन्द्रय सदस्य दिनेशचन्द्र यादवकी पत्नी हुन् । नेता यादव २०५६ सालदेखि प्रतिनिधिसभा सदस्य चुनावमा उठ्दै आएका थिए । २०७० को संविधान सभाबाहेक अघिका कुनै निर्वाचन जित्न सकेनन् । नरैनापुरमा यादव परिवारको राम्रो प्रभाव देखिन्छ ।
अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीले चुनाव जितेको नरैनापुरमा यसपटक महिला प्रमुख बनाएर एमालेले महिलाले नेतृत्व हाक्न सक्छन् भन्ने प्रमाणित गरीसकेको छ ।
नरैनापुर मात्र होइन्, मधेसी बाहुल्य रहेका डडुवा गाउँपालिकामा पनि एमालेले महिला प्रमुख बनाएको छ । मधेशी समुदायको बाहुल्यता रहेको डुडुवामा सरोज कुमारी यादवलाइ प्रमुखमा अगाढी सारेको छ । पुर्व गाबिस अध्यक्ष रहेकी सरोज कुमारी यादवको २०५४ सालमा तत्कालीन होलीया गाबिसकी अध्यक्ष भएर काम गरेकी हुन् ।
उनी लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री बनेका जसपा सांसद विजयबहादुर यादवकी पत्नी हुन् ।

नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालका अनुसार भुगोल अनि जनताको आवश्यकता अनुसार उम्मेदवार छनौट गरीएको बताए । ‘भुगोल आवश्यकता अनुसार पनि अवसर दिएका हौ’ उनले भने , ‘महिला भएर मात्र होइन् उहाहरु क्षमताका हिसाबले अब्बल हुनुन्छ ।’
युवा नेता सतिष निरौलाले बाकेका मधेसी बाहुल्य क्षेत्रमा एमालेको पक्षमा लहर आएको बताए ।
‘महिला शसत्तिकरणका कुरा बोलेर मात्र हुदैन्’ एमालेका युवा नेता सतिष निरौलाले भने,‘बाके मा दुइ जना महिला लाई प्रमुखको उम्मेदवार बनाउने जिल्लामा नै ।हाम्रो पार्टी मात्रै होईन हामी व्यबहार मै महिला सशक्तीकरण को उदाहरण दिएका छौ’
२०७४ को स्थानीय तह निर्वाचनमा बाकेका आठमध्ये चार पालिका जितेर एमाले पहिलो शक्ति बनेको थियो । कोहलपुर नगरपालिका, जानकी, खजुरा र बैजनाथ गाउपालिका एमालेले जितेको थियो । राप्तीसोनारी र डुडुवा गाउँपालिका कांग्रेसले जितेको थियो भने नरैनापुर जसपा र नेपालगन्ज उपमहानगरपालिका राप्रपाले जितेका थिए । माओवादी केन्द्रले एउटा पनि पालिका जित्न सकेको थिएन ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech