१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट प्रशान्त विष्ट उम्मेदवार
  • न्युज डेस्क

    ११ बैशाख २०७९, आईतवार

नेपालगन्ज

नेपालगन्ज उपमहानगरपालिकामा  नेपाली कांग्रेसले उपमहानगरपालिकाको सभापति प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ ।

युवा नेता विष्ट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । उनी महेन्द्र बहुमखी क्याम्पसमा स्ववियु उपसभापति निर्वाचित भएका थिए । उनी नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षसमेत भएका थिए ।
टिकट लिन प्रतिस्पर्धामा विष्टसहित नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् कांग्रेस नेतृ उमा थापामगर, निर्वतमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा र पार्टीका महासमिति सदस्य एवम् २०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका डा. सुरेशकुमार कनोडियो अन्तिम प्रतिस्पर्धामा थिए ।
नेपालगञ्ज उपमहानगरपलिकामा गठबन्धन दलबीचको तालमेलमा मेयर कांग्रेस र उपमेयर जसपाकाे भाग परेको थियो ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech