१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
उपमहानगरको मेयरमा राप्रपाका बैश्य र उपमेयरमा चर्तीमगरले गरे उमेदवारी दर्ता
  • न्युज डेस्क

    ११ बैशाख २०७९, आईतवार

(नेपालगन्ज )

नेपालगंन्ज उप–महानगरपालिकाको मेयरका लागि राप्रपाका नन्दलाल बैश्य र उपमयरका लागि बिन्दु चर्ति मगरले आफनो उम्मेदवारी दर्ता गराएका छन् । नेपालगंन्जको नगरमा नारा जुलुज सहित शक्तिको प्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर बैश्य र चर्तिमगरले आइतबार उम्मेदारी दर्ता गराएका हुन्। राप्रपा बाट मेयरमा उम्मेदवारी दिएका बैश्य नेकपा माहोवादी केन्द्र परित्याग गरी मेयर बन्न राम्रपामा प्रबेश गरेका हुन् । मेयरका उम्मेदवार बैश्य बिहिबार मात्र माओवादी केन्द्र परित्याग गरी राप्रपामा प्रबेश गरेका थिए । बैश्य नेपालगंनजमा प्रतिष्ठित ब्यवसायी हुन्। उद्योग वाणिज्य संघ नेपालगंन्जका पुर्व अध्यक्ष समेत भइसकेका बैश्य महासंघको केन्द्रीय सदस्य भइसकेका छन् ।उपमेयरमा उम्मेदवारी दिएकी चर्ति मगर पनि एक समाजीक अभियान्ता हुन् । उनि नेपालगंन्जमा फुल ब्यबसाय गर्दै आएकी छन् ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech