८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
गठबन्धन बाट बाहिरीयो माओवादी केन्द्र
  • न्युज डेस्क

    १० बैशाख २०७९, शनिबार

(नेपालगन्ज )
माओवादी केन्द्र नेपालगन्ज सत्ता गठबन्धनबाट बाहिरिएको छ । चुनावी भागबन्डाका कारण माओवादी केन्द्र नेपालगन्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।
शनिबार नेपालगंन्जमा पत्रकार सम्मेलन मार्फत यसको औपचारिक घोषणा गरिएको हो ।
विगत २०७४ सालको स्थानिय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धनदलको हिसाबमा आफनो पार्टि दोस्रो स्थानमा हुदा पनि सम्मान जनक अवसर दिइएन् नगर अध्यक्ष रतन शाहिले भने ,तर केन्द्रिय गठवन्धनको मुलमर्म विपरित नेपालगज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसले प्रमुख र उपप्रमुख प्राप्त गरेका छन । उक्त दलहरुले गठबन्धनको मुल स्प्रिंट विपरित वडाहरुमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठवन्धनको औचित्य समाप्त भएको छ ।’
यतिबेला सिंगो देश स्थानिय तहको निर्वाचनमा केन्द्रित भइरहेको छ । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसलाई हामीसवै राजनितिक दलहरुले हार्दिकताका साथ स्विाकर गदै बहुदलिय प्रतिस्पर्धामा सहभागि भईरहेका छौं ।नगर अध्यक्ष रतन शाहिले भने,‘ अपमानीत भएर बस्न सक्दैनौ । हामीले मेयर उपमेयर नभएपनि १५ वडा मागेका थियौ ।त्यो माग पनि पुरा गरीएन् ’ त्यसैले उपमहानगरको सन्र्दभमा हामी एक्लै लडछौ। ’
हाम्रो पार्टी नेकपा माओवादी केन्द्र असान्न बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा प्रमुख उपप्रमुख सहित २३ वटै वडामा प्रतिस्पर्धा गर्ने घोषण गर्दछौं ।’

  • १० बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech