८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
नेपालगन्जबारे पाँच दलिय गठबन्धनको निर्णयमा जसपा ,माओबादी केन्द्रको असहमती
  • न्युज डेस्क

    ७ बैशाख २०७९, बुधबार

 

(नेपालगन्ज )
पाच दलिय गठबन्धनले बुधबार नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिनेगरी भागबण्डा मिलाएपछि उक्त भागबण्डाप्रति जसपा बाकेका नेताले असहमती जनाएका छन् ।
पाच दलिय गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा उपप्रमुख दिएपछि जनता समाजवादी पार्टी(जसपा)ले त्यसलाई अस्वीकार गरेको छ ।
उक्त दलले नेपालगन्जको प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरी छुट्टै प्रचार थालेको थियो । जसपा नेपालगन्ज उपमहानगर अध्यक्ष सर्बनकुमार यादवले पाच दलिय गठबन्धनको निर्णयलाई जसपा नेपालगन्ज उपमहानगरपालिका समिति स्वीकार नगर्ने बताएका छन् ।
यस्तै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका बाँके क्षेत्र नम्बर २ का सांसद मो. ईस्तियाक राईले केन्द्रको निर्णय नेपालगन्जमा लागु नहुने बताएका छन् । पाच दलिय गठबन्धनको निर्णय आधिकारिक रुपमा प्राप्त नभएकोले यसबारेमा थप बोल्न नमिल्ने उनको भनाई छ ।
पाच दलीय सत्ता गठबन्धनले नेपालगन्ज उपमहानगरपालिकामा भागबण्डामा टुंगो लगाएपछि नेकपा (माओबादी केन्द्र) पनि असन्तुष्ट बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकले भागबण्डामा टुंगो लगाएको थियो ।
पाच दलिय सहमती अनुसार कांग्रेसको भागमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख र जनता समाजवादी पार्टी(जसपा)लाई उपप्रमुख बनाउने पाच दलीय गठबन्धनले गरेको उक्त निर्णयप्रति नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले बुधबार असहमती जनाएको हो ।
केन्द्रीय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ । माओबादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाही र सचिव प्रेमबहादुर शाह दारा हस्ताक्षर गरेका
प्रेस विज्ञप्तीमा अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ ।

  • ७ बैशाख २०७९, बुधबार प्रकाशित
  • Nabintech