५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगीयाे
  • न्युज डेस्क

    १२ बैशाख २०७९, सोमबार

नेपालगन्ज – बाँकेकाे नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा बिनोद रिजाल, वडा नम्बर २ मा प्रदिप श्रेष्ठ, वडा नम्बर ३ मा पंकज गुप्ता, वडा नम्बर ४ मा प्रदिप शाह (तेली), वडा नम्बर ५ मा मेराज अहमद हल्वाई, वडा नम्बर ६ मा रितेश शर्मा (बढई) ले वडाअध्यक्षको टिकट पाएका छन् ।

यस्तै वडा नम्बर ७ मा रमेशकुमार नाग, वडा नम्बर ८ निजामुद्धिन सिद्धिकी, वडा नम्बर ९ मा अखबर अलि शेख, वडा नम्बर १० मा नरबहादुर बिष्ट, वडा नम्बर ११ मा उज्वलसिंह राठौंर, वडा नम्बर १२ मा तरुण बज्राचार्यलाई वडाअध्यक्षको उम्मेदवार बनाइएको छ ।

यसैगरी वडा नम्बर १३ मा संदिपजंग शाह, वडा नम्बर १४ मा कृष्ण माधव बर्मा, वडा नम्बर १५ मा बन्दन कवडिया, वडा नम्बर १८ मा मंगलप्रसाद बर्मा कुर्मी(सानु), वडा नम्बर १९ मा परशुराम कुर्मी उम्मेदवार बनेका छन् । त्यस्तै वडा नम्बर २० मा रविन्द्र लामिछाने, वडा नम्बर २१ मा राजककुमार साहु (तेली), वडा नम्बर २२ मा बिद्याराम कुर्मी र वडा नम्बर २३ मा जब्बार अलि बेहना उम्मेदवार भएका छन् ।

  • १२ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२