१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
बर्दियामा एमालेका आठ वटै पालिकामा उम्मेदवार टुंग्याए
  • न्युज डेस्क

    ११ बैशाख २०७९, आईतवार

 

बर्दिया — बर्दियामा एमालेले आठ वटै पालिकामा उम्मेदवारको टुंग्याएको छ । गुलरिया नगरपालिकामा प्रमुखका लागि अमरबहादुर खड्का र उप्रमुख टिका शम्सेलीलाई उम्मेदवार बनाएको छ ।

मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा र उपप्रमुखमा संगिता विक ,बासगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा ईन्द्रा थारु, ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराई, राजापुर नगरपालिकाको प्रमुखमा पहाडी थारु र उपप्रमुखमा सावित्री शर्मा ,बारबर्दिया नगरपालिका प्रमुखमा पार्टी सचिव पदम ढकाल र उपप्रमुखमा नारायणी थारुलाई उम्मेदवार बनाउने टुंगो लगाएको पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बढैयाताल गाउँपालिका प्रमुखमा पार्टी अध्यक्ष लालबहादुर श्रेष्ठ र उपप्रमुखमा लक्ष्मी अधिकारीलाई चयन गरिएको छ ।

त्यस्तै गेरुवा गाउँपालिका प्रमुखमा भरत धामी र उपप्रमुखमा मन्जु शर्मालाई उम्मेदवार बनाउने टुंगो लगाएको अध्यक्ष श्रेष्ठले बताए   ।

  • ११ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech