(नेपालगंन्ज) आगो थाप्नु मुढाको कुरा सुन्नु बुढाको उनिहरुको सर्घष योगदानको कदर गर्दै हाम्रो समुदायमा रहेका जेष्ट नागरिकलाइ उनिहरुको योगदान अनुभवको लागि सम्मान गरीएको छ । उमेरमा र अनुभवमा पाका जेष्ठ नागरिक समाजको गहना हुन भन्दै जनप्रतिनिधीले उनिहरुको सम्मान गरेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकला विकको अध्यक्षतामा...
सुर्खेत । सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोला जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन् । गएराति साढे दुई बजे तिर बा ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित चार जनाको ज्यान गएको हो । दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर गाउँपालिका...
नरैनापुर ७ माघ । नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ । नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन् । सरकारले प्रभावित...
(नेपालगन्ज) बाकेमा बालबिबाह रोक्न धेरै योजना बनाइएको छ । बालिका खाता देखि बिभिन्न उपहारका योजना बनाइएको छ । तर बाकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने महिला लाई ग्यास सिलिन्डर उपहार दिने योजना ल्याइएको छ । मधेशी तथा मुस्लीम समुदायको बाक्लो बस्ती रहेको यो वडामा बालविवाह रोक्नका लागि वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष गरिबे...
बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता वितरण शुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०७९।०८० को प्रथम तथा दोस्रो चौमासिकको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको ६ वटै वडाका लक्षित नागरिकलाई बिहीबारदेखि भत्ता वितरण शुरु गरिएको छ । भत्ता बितरण गर्ने बैंकमै पुगेर गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गर्नुभएको थियो । गाउँपालिकामा...
काठमाडौँ — बाँकेकी निर्मला कुर्मी बेपत्ता पारिएको घटनामा आन्दोलनरत महिलाहरूले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपालगन्जबाट काठमाडौं आएर माइतीघरमा १६ दिनदेखि धर्नामा बसिरहेका उनीहरूले शुक्रबार गृहमन्त्रीलाई सम्बोधन गरेर ध्यानाकर्षण पत्र बुझाउँदै न्यायका लागि अपिल गरेका हुन् । तर उनीहरुले गृहमन्त्री लामिछानेलाई भने भेट्न पाएनन् । उनीहरुले...
(बांके) नेपालगन्ज स्थीत जमुनाह नाकामा प्रहरीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि अभियान चलाएको छ । जमुनाह प्रहरीको कमाण्ड समहालेका बरिष्ठ सई पूर्ण विकको पहलमा भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । साढे तिन लाख बराबरको सामाग्रि जिल्ला प्रहरी कार्यलय हुदै भन्सार...
(नेपालगन्ज) बाके र बर्दियामा रहेका लायन्स क्लबहरुले सामाजिक सेवाको हेतुले बिभिन्न सेवाका कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् । लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४४औं जन्मोत्सवको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनमा आबद्ध रहेका क्लबहरुले आगामी पुस २३–२९ गतेसम्म सात दिन छुट्टाछुट्टै रुपमा बिभिन्न कार्यक्रम गर्ने बिहीबार नेपालगन्जमा...
(नेपालगन्ज) स्थानीय निकायका सेवा सुबिधामा दलित महिलाको पहुचं बढाउन सबै सरोकारवालाहरु सम्बेदनशिल हुनुपर्ने कार्यक्रममा बताइएको छ । नेपालगंन्जमा आयोजीत कार्यक्रममा दलित समुदायको शिर्षकमा छुटयाइएको बजेट तथा लक्षित कार्यक्रम अन्र्तगतका कार्यक्रममा दलित महिलाको पहुचं बढाउन सबैले सहयोग गर्नुपर्ने सहभागिले बताए । दलित महिला संघ(फेडो)बाकेँ आयोजनामा बुधबार दलित...