१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
जग्गा धनी निस्सा प्रमाण पत्र वितरण सुरू गर्दै ःगुलरिया नगरपालिकाका वडा नम्बर १२
  • न्युज डेस्क

    २५ माघ २०८०, बिहीबार

 

मेनका चौधरी ःबर्दियाः माघ२३ः

बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका बडा नम्बर १२काे बिक्री गाउँमा वडा कार्यालयले सुकुम्बासी ,अव्यवस्थित, दलित भुमीहिनलाई जग्गा धनी निस्सा प्रमाण पत्र वितरण आज बाट सुरु गरिरहेको छl

वडा नम्बर १२काे अध्यक्ष राम कुमार थारु टाेली प्रत्यक्ष रुपमा गाउँमा गएर नै काे बास्तविक भुमीहीन छन् अव्यवस्थित दलित सुकुम्बासी भुमिहिन छन् उहाँ हरुको बस्ती मा घर दैलो अभियानमा गएर निस्सा पत्र बितरण कार्यक्रम सुरू गर्नुभएकाे छ ।

अध्यक्ष थारु काे अनुसार आफुले प्रत्यक्ष रुपमा गाउँमा जनताको चाहना अनुसारको काम गरेकाे बताउनुभयो ।

हामी जनताको पक्षमा काम गरे नगरेको कुनै जनताको गुनासो हरु समेत सुन्न समेत आएको छौ राम्रो नराम्रो काम गरेकाे गुनासो गर्न पाइन्छन् साथै केही सुझाव समेत दिनु हाेला हामी जनप्रतिनिधि लाई तपाईको अमुल्य मतदान बाट हामी जनप्रतिनिधि भएकाे हाे हाम्राे याेजना भुमीहिन हरुलाई जग्गा धनी बनाउने योजना हाे भन्नु भयो। उहाँले थप भन्नुभयो तपाईहरुकाे माग पुरा गर्न जग्गा धनी निस्सा प्रमाण पत्र याे प्रमाण पत्र बितरण सुरू गरेकाे छौ भन्नुभयो । वडा अध्यक्ष राम कुमार थारु वडा सदस्य घिसु राम थारु, वडा सचिव लगायत काे टाेली नै जनताको माग पुरा गर्न आजकाल गाँउ गाउँमा पुगेको छ ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित
  • Nabintech