२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार
पाँच सय द्धन्द्धपीडित परिवारका मानसीक बिरामीहरुलाई मानसीक स्वास्थ्यको सेवा निशुल्क उपचार 
  • न्युज डेस्क

    ९ फाल्गुन २०८०, बुधबार

मेनका चौधरी ,बर्दिया
बर्दियाको चार वटा नगरपालीकाको पाँच सय द्धन्द्धपीडित परिवारका मानसीक बिरामीहरुलाई मानसीक स्वास्थ्यको सेवा निशुल्क उपचार सेवा द्धन्द्धपीडित समीतिले बर्दियाले दिदै आएको छ । बर्दियाको बारबर्दिया बाँसगढी ठाकुरबाबार राजापुर नगरपालीकामा मानसीक रोगी हरुलाई स्वास्थ्यमा समस्या आएपछी मनोसामाजीक रोग परामर्शसेवा द्धन्द्धपीडित परिवारहरुको दिदै आएको लुम्विनी प्रदेश समीतिका द्धन्द्धपीडित सीमतिको प्रदेशको संयोजक हिमाल गैरेले सो कुरा बताउनु भएको हो ।

बारबर्दिया नगरपालिकामा परियोजना सल्लाहाकार समीतिको बैठकमा उक्त कुरा उहाँले बताउनु भयो । सो कार्यक्रममा बारबर्दिया नगरपालीकाको द्धन्द्धपीडित परिवारहरुलाई निशुल्क स्वास्थ्य विमा गर्ने रहेको साथै सामान कार्यक्रम रहेको बारबर्दिया नगरपालीकाकाको नगर प्रमुख छवीलाल थारुले बताउनु भयो ।

परियोजना सल्लाहाकार समीतिको बैठकमा बारबर्दिया नगरअस्पालतको अध्यक्ष तिर्थ पौडेलले आफुहरुले नगरअस्पातलाबाट दिने मनोपरामर्श सेवा निशुल्क स्वाथ्य निुशल्क उपचार रुपमा द्धन्द्धपीडित परिवारहरुलाई दिने बताउनु भयो ।

पौडेलको अनुसार बारबर्दियामा मात्र मानसीक रोगका विरामीहरुले प्रत्येक वर्ष वारबर्दियामा मात्र २० जना सम्म आत्म हत्या गरेको हुनाले मानसीक रोगका विरामीहरुलाई निशुल्क उपचार सरकारले दिनु पर्ने अनुरोध गर्नु भयो । आत्महत्या गर्नु मुख्य कारण द्धन्द्धमा परेका परिवारले मुख्य रुपमा उपचार नपाउदाँ आर्थिक अभावका कारण आत्महत्याको घटना समेत बढेको पौडेलले बताउनुभयो ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित
  • Nabintech