२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार
जनप्रतिनिधिका क्षमता विकासका लागि उदघोषण तालिम
  • न्युज डेस्क

    १४ फाल्गुन २०८०, सोमबार

(बर्दिया )

बर्दियाको बारबर्दिया नगरपालिकाका वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकासका लागि उदघोषण तालिम दिइएको छ ।
तालिममा भाषणकला, उदघोषण कला, जनतालाई वडाबाट दिने सुबिधा क्रममा अवलम्बन गर्ने स्वभाब, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयन सहित व्यक्तित्व बिकासका लागि आवश्यक बिषयहरुमा तालिम दिइएको हो । बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग र सञ्चारीका समुह बर्दियाको आयोजनामा तालिम संचालन भएको हो ।
बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डेले तालिममा निर्वाचित भएको दुइ बर्ष हुन लाग्दा पनि महिला नेतृहरु उभिएर आफ्नो परिचय दिन, निर्धक्कसंग आफ्नो कुरा राख्न नसकिरहेको अवस्था भएकोले तालिमको आयोजना गर्नुपरेको बतााइन् । उनले तालिमले महिलाहरुले आफनो लागि कार्यक्रम र बजेट माग गर्न सक्ने सुनाइन् ।
भौतिक बिकासका साथसाथै महिलाहरुको नेतृत्व तथा क्षमता बिकासलाई पनि संगसंगै अगाडि लग्नु पर्ने उनको भनाई छ । महिलाहरुलाई सिप मुलक कार्यक्रम, आयआर्जका कामसंगसंगै जोडिएर लगियो भने बारबर्दियाको बिकासमा टेवा पुग्ने उप–प्रमुख पाण्डेको भनाई छ ।
अहिले निर्वाचित महिला जनप्रतिनिधिहरु ताली बजाउने मात्र भएको सञ्चारीका समुह बर्दियाकी कोषाध्यक्ष तथा लुम्बिनी प्रदेशकी महासचिब मेनका कुमारी चौधरीले बताईन् ।
आफ्नो कुरा निर्धक्कसंग राख्न उदघोषण कलाको राम्रो ज्ञान हुनु पर्ने बर्दियाका अग्रज पत्रकार तथा नागरिक दैनिकका बर्दिया संबाददाता निर्मल घिमिरेले बताए । आफ्नो कुरा निर्धक्कसंग राख्न सक्ने ब्यक्तिले सक्षम नेतृत्व गर्न सक्ने साथै सक्षम नेतृत्वले बिकास गर्ने घिमिरेले विश्वास दिलाए ।
बोल्दा डर र लाज मानेर आफुहरु पछाडि परेको बारबर्दिया नगरपालिकाकी नगर महिला संञ्जालकी संयोजक भिमा देवी चौधरीले बताईन।
‘कृषि उद्योग र पर्यटनमा बृद्धि ः बारबर्दिया नगरको समृद्धी’ भन्ने मुल नाराका साथ नेतृत्वमा रहेका जनप्रतिनिधि महिलाहरुका लागि ५ दिने उदघोषण तालिम दिइएको हो
बारबर्दिया नगरपालिकाको ११ वटै वडामा निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको तालिम आइतबार देखि बिहबारसम्म चलेको थियो ।
तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक मेनका कुमारी चौधरी र रुपा गहतराज र पुष्पा चौधरी लगाएतले सहजिकरण गरेका थिए ।

 

  • १४ फाल्गुन २०८०, सोमबार प्रकाशित
  • Nabintech