१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
सञ्चारीका समुहद्धारा सडक नाटक
  • न्युज डेस्क

    ९ फाल्गुन २०८०, बुधबार

बर्दिया /

बर्दिया, सञ्चारीका समुहले गुलरिया नगरपालिका वडा न. १२ को दुई विद्यालयमा सडक नाटक प्रदर्शन गरेको छ । सञ्चारीका समुहको आयोजना गुलरिया नगरपालिका वडा न. १२ को आर्थिक सहयोग र सूर्योदय साँस्कृतिक प्रतिष्ठान गुलरिया बर्दियाको प्रस्तुतीमा सडक नाटक देखाईएको हो ।

गुलरिया नगरपालिका वडा न.१२ दुधा गाउँको श्री आधारभूत विद्यालय र भैसाही गाउँको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा शुक्रवार नाटक प्रर्दशन गरिएको थियो । पछिल्लो समय विविध कारण सानै उमेरमा बालविवाह भईरहेको र यसलाई रोकथाम तथा न्युनिकरणको लागि सचेतना मुलक सडक नाटक गरिएको सञ्चारीका समुह लुम्बिनी प्रदेश महासचिव तथा सञ्चारीका समुह बर्दियाकी कोषाध्यक्ष मेनका चौधरीले बताउनुभयो ।

गरिबी र चेतनाकै अभावले हाम्रो समाजमा बालविवाह बृहत रुपमा फैलिदै गएको अवस्थालाई मध्यनजर गर्दै स्थानीय नागरिकले सहज रुपमा बुझाने गरी बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको हो । कलाकार टिमले प्रदर्शन गरेको जनचेतना मुलक नाटकलाई स्थानीय नागरिकले समाजमा आधारित रहेको भन्दै बालबालिका देखी युवा बृद्धबृद्धाले समेत प्रशंसा गरेका छन ।

नाटकमा सानै उमेरमा विवाह गर्दा सिंङ्गो रुपमा शारिरको विकास नभएको हुँदा सानै उमेरमा गर्भधान भएमा आमा र शिशु दुबैको ज्यान जोखिममा हुन्छ । र बच्चा जन्मिएता पनि सानो अविकाशित र कम्जोर जम्मिन्छ भन्ने संदेश मुलक सडक नाटक देखाईएको थियो ।

सडक नाटक कार्यक्रममा १२ न. वडाका कार्यवाहक अध्यक्ष भारती कुमारी सुनार, वडा सदस्य जमील खाँ, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार थारु, सदस्य किसोरी लाल थारु, प्रधानध्यापक सुर्य लाल थारु, शिक्षक अभिभावक संघका अध्यक्ष देवी राम थारु, आधारभूत विद्यालय दुधाका प्रधानध्यापक मनसुन अन्सारी, अभिभावकहरु र विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित
  • Nabintech