१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापनमा रुची  
  • न्युज डेस्क

    २ फाल्गुन २०८०, बुधबार

मेनका चौधरी बर्दिया
बर्दियाको बारबर्दिया नगरपालिका वडा न.१० मा रहेको कुम्भर अड्डा वेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापनको लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । देश र जनताको मुक्तिको लागि बलिदानी गरेका योद्धाहरुको उच्च सम्मान र सम्झनाका लागि पार्क निर्माण भएको हो । स्मृति पार्कलाई बर्दियाकै चिनारीको रुपमा लानु पर्ने भन्दै दुबै तहका व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।
कुम्भर अड्डा बेपत्तायोद्धा स्मृति पार्क व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद राजकुमार चौधरीले राजमार्ग देखी स्मृति पार्क सम्म आगमी आर्थिक बर्षमा पुर्ण रुपले बाटो कालो पत्रे बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
साथै वहाँले बेपत्ता भएका परिवारजनहरुको लागि शैक्षिक, सामाजिक र आर्थिक स्तर उकाश्न पहल गर्ने बताउनु भयो । यसै गरी बारबर्दिया नगर उप प्रमुख रत्ना कुमारी पाण्डेले पार्कलाई चिनारीको रुपमा अगाडी लैजान यस बर्ष केही रकम छुट्टाएको र आगामीदिनहरुमा व्यवस्थापनको लागि अझ बृहत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा बारर्दिया नगरपालिकाका पुर्व नगर प्रवक्त दुर्गा बहादुर बिश्वकर्मले पार्कको अवधारण पत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले पार्कको स्मृति कार्य गर्ने, पार्कको बारेमा ब्रोसर तयार पार्ने, ओवसाइट संचालन गर्ने, कथा बाचन कार्यक्रम गर्ने, स्थानीय हस्तकला बनाउने, होमस्टे संचालन गर्ने सोचमा रहेको बताउनु भयो । वार्षिक प्रथम साधारण सभाको औपचारिक कार्यक्रम समितिका सचिव टिका राम परियारले संचालन गर्नु भएको थियो ।
व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभाबाट निरन्जन कुमार चौधरीको नेतृत्वमा १५ सदस्य संचालक समिति गठन भएको छ । १० बर्षे शसस्त्र विद्रोहमा देशको सबै भन्दा बढी वेपत्तायोद्धा भएको जिल्ला बर्दिया हो । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क अनुसार बर्दियामा २ सय ७८ जना बेपत्ता र ४ सय जना मारिएका छन ।
  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित
  • Nabintech