१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बालअधिकार समीतीलाई एक दिने अभिमुखीकरण
  • न्युज डेस्क

    १२ माघ २०८०, शुक्रबार

मेनका चौधरी ःबर्दिया
बालिका संरक्षण परियोजनाको  बालअधिकार संरक्षण समीति सँग आपताकलीन अवस्थामा बालसंरक्षण शिक्षा , प्रजनन स्वास्थ्य अधिकार यौनीक तथा लैङ्घिक हिसाका  मामिला व्यस्थापन सम्वन्धी एक दिने  अभिमुखीकरण कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालीकाको वडा नम्वर एक मा  सम्पन्न गरेको छ । बालबालिकाको संरक्षणका लागी बालअधिकार समीतीका्े भुमीकाको बारेमा बारबर्दिया नगरपालीकाको महिला विकास शाखाको प्रमुख उषा पुनले जानकारी दिनुभएको थियो ।

बालअधिकार समीतिलाई बालअधिकार समीति भनेको के हो यसको काम कर्तव्य  अधिकार के हो बालबालिका संरक्षण ऐनको बारेमा जानकारी दिदै सो बारेमा कसरी योजना निमार्ण गर्ने अनुगनम मुल्याङ्घकन निगरानी कसरी गर्ने भन्ने बारेमा जानकारी दिनुभएको हो ।

सो कार्यक्रममा प्लान  ईन्टरनेस्लन नेपाल र आर केजेसको आयोजनामा भएको कार्यक्रममा परियोजनाको संयोजक मनोज पौडेलले जानकारी दिनुभएको थियो । साथै उक्त  कार्यक्रममा कार्यक्रम अधिकृत सिमा वलीले बालिका परियोजनाको  कामको बारेमा जानकारी दिनु भएको हो।

सो अभिमुखीकरण कार्यक्रममा वडा स्तरीय बालअधिकार समीतिका सदस्यहरु वडासदस्य, बघरहरु सरोकारा्वालानिकायहरुको उपस्थीति रहेको थियो । कार्यक्रम बारबर्दिया नगरपालीका वडानम्वर १ का वडा अध्यक्ष कैलासपती थारु को अध्यक्षतामा कार्यक्रम भएको हो ।  सो कार्यक्रमको प्रमुख अतिथी बारबर्दिया नगरपालीकाको महिला तथा बालबालीका शाखाको प्रमुख उषा पुनको प्रमुख अथिथ्यमा सम्पन्न भएको थियो  ।

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित
  • Nabintech