१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
७२ औं अन्तराष्ट्रिय भन्सार दिवस मनाइयो
  • न्युज डेस्क

    १२ माघ २०८०, शुक्रबार

सिमापारी ब्यापार रोक्न चुनौती

(नेपालगन्ज)
बाकेका ब्यवसायीहरुले सरकारको राजश्व संकलनमा ब्यवसायीको महत्त्वपूर्ण योगदान रहेपनि सरकारले सो भुमिकाको कदर नगरेको गुनासो पोखेका छन् ।
सरकारलाइ कर र ब्याज बुझाउदा पनि निर्धक्क ब्यवसाय गर्न नपाएको दुखेसो पोखेका छन् ।
बाकेमा ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसको खवसरमा आयोजीत कार्यक्रममा ब्यवसायीहरुले सरकार र ब्यवसायीको सम्बन्ध अहिले प्रतिपक्ष जस्तो देखीएकोे धारणा राखेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि बाकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले भन्सार राजश्व चुहावटमा कमी भएको बताए । प्रजिअ पोखरेलले इमान्दारिका साथ वैधानिक रूपमा व्यापार गर्न व्यापारीलाई सुझाब समेत दिए । ‘अर्थतन्त्रमा सुधार आएपछि सबै जटिलताहरू कम हुँदै जान्छ ।’ प्रजिअ पोखरेलले भने,’राजश्व चुहावट नियन्त्रणमा सबैभन्दा सुरक्षाकर्मीको भूमिका प्रभावकारी देखीएको छ ।’
कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालय बाकेका प्रमुख भन्सार अधिकृत ध्रुबराज बिश्वकर्माले व्यापारमा सहजीकरण र सन्तुलन मिलाउन निकै चुनौती रहेको बताए । ’नेपालबाट भारत गएको सामान किनमेल गर्न नेपालीहरु सीमा पारी जाने गर्छन् ।’ उनले भने,’ हाम्रा लागि यो रोक्नु नै सबैभन्दा ठूलो चुनौती छ ।’
कार्यक्रममा उद्योगीहरुले आर्थिक मन्दीका कारण व्यापार व्यावसाय फस्टाउन नसकेको भन्दै सीमा पारी गएर सामान खरिद गर्न रोक्नु पर्ने माग गरेका थिए । घरेलु तथा साना उद्योग महासंघ नेपालगन्जका अध्क्षय मधु खड्काले नेपाली व्यापार फाटाउनका लागि व्यवसायीले कम मुनाफामा व्यापार व्यावसाय गर्नुपर्ने सुझाव दिइन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी र कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेलले व्यवसायिले निर्धक्क रूपमा व्यापार व्यवसाय गर्न पाउने वातावरण श्रृजना गर्न सरकार संवेदनशील हुनु पर्नेमा जोड दिइन् ।
७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा उत्कृष्ट आयात तथा निर्यात कर्ताहरुलाई सम्मान गरिएको थियो । गंगा रोजिन एंड तर्पेन् टाइन् गनापुर बाँके, सिजी एग्रोडेक प्रालि ललितपुर, मनकामना रोजिन एन्ड केमिकल उद्योग पर्सा वीरगन्ज, गणपति कथ्ठा एन्ड एलाइट इन्डस्ट्रिज बाँके इन्द्रपुर, बाहुबली हर्बल इसेस एन्ड एक्स्ट्रयाक्टस बाँके जानकी र शिव कथ्ठा उद्योग बाँके मनिकापुरलाई उत्कृष्ट निर्यातकर्ताका रूपमा सम्मान गरिएको थियो । त्यसैगरी नेपाल आयल निगम जय अम्बे स्टील प्रालि र देउती गुटका इन्द्रष्ट्रिजलाई उत्कृष्ट आयातकर्ताका रूपमा सम्मान गरिएको थियो ।

 

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित
  • Nabintech