न्युड डेक्स, मंसिर २८(काठमाडौं)– नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने कि डा. शेखर कोइराला ? दोस्रो चरणको निर्वाचनपछि खुलासा हुदैछ । यद्यपी देउवा र कोइरालाले आफुले आफैलाई विजेता हुने विश्वास दिलाइरहेका छन् । काठमाडौमा मंगलबार दोसो चरणको निर्वाचनपछि विश्राम लिदै पत्रकार सम्मेलनमा कोइरालाले आफु नै सभापतिमा निर्वाचित हुने...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका...
सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ । आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ वर्तमान सरकारबाट देश चल्न नसक्ने भन्दै छिटो चुनावमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले...
नेकपा (माओवादी केन्द्र) ले पार्टीकाे राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे छ । आज शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ ताेकेकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयाे । यस्तै स्थायी कमिटी बैठकले...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन्...
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना...