१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकोटकी पार्वती विक माओवादी केन्द्रीय सदस्यमा चयन
  • न्युज डेस्क

    १८ पुष २०७८, आईतवार

न्युज डेस्क :
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा जाजरकोट बाट पार्वती विक चयन भएकी छन् । विक दलित युवातर्फको केन्द्रीय सदस्य चयन भएकी हुन् । विक माओवादी केन्द्रको भातृ संगठनमा रहदै आएकी छन् ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका थिए ।

२०५४ साल अनेरास्ववियु क्रान्ति कारी को इकाइ अध्यक्ष ,२०५८ सालमा अनेमा संघ क्रान्तिकारी जाजरकोट जिल्ला समीती सदस्य २०५९ एरिया कमिटी सदस्य तथा दलित मुक्ती मोर्चा जिल्ला कमिटी सदस्य ,२०६० दलित मोर्चा भेरी कर्णाली क्षेत्रीय समिती सदस्य ,२०६५ मा नेपाल दलित मुत्ति मोर्चा जाजरकोट जिल्लाको अध्यक्ष ,२०६६ सालमा नेपाल दलित मुत्ति मोर्चा केन्द्रिय सदस्य भइन् । २०६४ सालमा जिल्ला कमिटी सद्स्य भएकी बिक २०६६ सालमा जिल्ला समिति सचिबालय सदस्य हुदै २०७४ सालमा कर्णाली प्रदेश कमिटी सदस्य भइन् ।
लामो समय राजनीतिमा रहेकी उनी पार्टी भित्र शान्ताबाट परिचित छन् ।

 

  • १८ पुष २०७८, आईतवार प्रकाशित
  • Nabintech