१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
माओवादी केन्द्रले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव छन् ।

उपसमितिले आउँदो २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय सम्मेलनमा आउने हरेक सदस्यको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech