७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
कांग्रेस महाधिवेशन : ६ प्रदेशमा चुनावी प्रक्रिया सुरु
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । सभापति पदका लागि प्रदेश १ मा उद्धव थापा र गुरुराज घिमिरे, वाग्मतीमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसी, गण्डकीका अर्जुन जोशी र शुक्रराज शर्माले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लुम्बिनीमा भरतकुमार शाह र अमरसिंह पुन, कर्णालीमा ललितजङ्ग शाही, भूपेन्द्रजङ्ग शाही र मोतीराज बम र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर र नारायण मिश्रले उम्मेदवारी दिनुभएको छ ।

प्रदेश २ मा श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गर्नु भएपनि चुनावी प्रक्रिया सुरु भएको छैन ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech