अमेरिकाले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ । अघिल्लो महिना अमेरिकी...
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ । यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा...
नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल २ लाख २५ हजार पर्यटक आउने प्रक्षेपण गर्दै बजेट निर्माण गरेको छ । बोर्डले यस आवमा गर्ने गतिविधिका लागि कुल ९२ करोड १८ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा ल्याएको हो । यो रकम गत आर्थिक वर्षमा प्रक्षेपित बजेटको तुलनामा ११ करोड ४७ लाख रुपैयाँ बढी हो । तर, यथार्थ खर्चको तुलनामा भने ४१ करोड ३९ लाख रुपैयाँ बढी...
कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना, रतना कुमारी राना र रानी रानाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशमा चुनावी प्रक्रिया सुरु भएको छ । हिजो बिहीवारदेखि सुरु भएको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ बाहेकका प्रदेशमा उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सबै प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन्...
सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु संविधानसम्मत हुने भएकाले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ । आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल...