७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार
डाेटीमा भुकम्पले ६ जनाकाे मृत्युु
  • न्युज डेस्क

    २३ कार्तिक २०७९, बुधबार

बाँके –   डाेटीमा केन्द्रविन्दु बनाइ आएकाे भूकम्पले घर भत्किंदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन।                                                 ईलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरिक्षक नयन सिंह भाटका अनुसार मृत्यु हुनेमा ५० वर्षिय प्रेम बोहरा, १३ वर्षिय सीता बोहरा, ४० वर्षिया भगवती बोहरा, ८ बर्षिय हर्क बोहरा, १४ वर्षिया धनसरी बोहरा र १४ वर्षिया तुल्सि बोहरा रहेका छन् ।
ईन्नरी देबि बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महाबिर बोहरा घाइते भएका छन् । भुकम्पले सो गाउँका ८ घरमा पुर्ण रुपमा क्षति गरेको असइ भाटले बताएका छन् । अछाम जिल्ला लगायत सुदूरपश्चिममाका पहाडी जिल्लामा रातभर नै भुकम्पका पराकम्पन महशुस गरिएकाे बताईएकाे छ । कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। थप विवरण आउन बाँकी छ ।

 

  • २३ कार्तिक २०७९, बुधबार प्रकाशित
  • Nabintech