१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बर्दिया बनाउने अभियानमा तिवारी विद्युतीय अटो रिक्सा बाटै प्रचार
  • न्युज डेस्क

    २२ कार्तिक २०७९, मंगलवार

बर्दिया  – न कार्यककर्ताको ताति न गाडीको लस्कर छ । उनि संग जनताको बिश्वास अनि बर्दिया बनाउने अभियानको अभिारा मात्र छ । भएको जागीर छाडेर आफनो क्षेत्रको बिकासको लागि उनि अहिले चुनाबी अभियानमा छन् । बर्दियाका देवी प्रसाद तिवारी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यका लागि मतदातातको घर दैलोमा छन् ।
स्वतन्त्र रुपमा आफनो उम्मेदवारी दिएका तिवारी चुनाव चिन्ह् ‘क्रस खुकुरी’ बर्षैा देखि भोट हाल्दै आएका ठुला पार्टीबाट हाम्रो वर्तमान र भविष्य सुरक्षित नदेखेपछि उनि आफै राजनीतिमा होमिएको बताउछन् ।
देवी प्रसाद तिवारी बर्दियाका एक मात्र स्वतन्त्र उमेदवार हुन् ।
उनले बर्दियाका जनतालाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने उद्येश्यका साथ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यकालागि आफनो उमेदवारी दिएका सुनाए ।
वातावरण व्यवस्थापनमा मास्टर डिग्री हाँसिल गरी साथै ग्रामीण विकासमा एम ए गरेका तिवारीले स्थानीय तहमा ४ वर्षसम्म वातावरण अधिकृत भएर काम गरेका छन् ।
बर्दिया एउटा सम्भावना भएको जिल्ला हो भन्दै बर्दियाको मुहार फेर्ने अठोटमा उनी यतिबेला आफनो चुनावी प्रचारमा आफै खटिएका छन् । विद्युतिय अटो रिक्साको पछाडी ठुलो ब्यानरमा आफनो फोटो सहीतको पोस्टर टासेर उनी भोट माग्न जनताका घरघरमा पुगी रहेका छन् ।
उनी भन्छन्,‘स्वतन्त्र उमेदवार भएको भएर होला मसंग ठूलो जमात छैन । जस्ले गर्दा मलाई शुरुशुरुमा जनता कहा गएर कसरी आफना कुरा राख्ने भन्ने सकस नै लागेको थियो ।’उनले भने,घरदैलोमा पुग्दा मतदाताका आफनै समस्या छन् दलहरु प्रति नै बितृष्णा देखे।’
विभिन्न संघसस्थाहरुमा वातावरण परामर्शदाताका रुपमा कार्यरत देवी प्रसाद राजनीतिको माध्यमबाट समाजको सेवा गर्ने उद्धेश्यले यो निर्वाचनमा आफु उमेदवार भएको बताउछन् ।‘बर्दियामा विकासको लागि धेरै सम्भावना छ । तर विडम्बना, ती सम्भावनाहरुको खोजी विगत ३०÷३५ वर्षदेखि कुनै नेताहरुले गर्नै सकेनन् । उनले भने, म झुटो र ठुलो आश्वासन दिदैन् मेलै जितें भने यहाँका जनतालाई विशेष गरेर युवालाई आत्मनिर्भर बनाउने छु ।राजनीतिबाट मैले मेरो जीवन जनताको सेवामा समर्पित गर्नेछु । यो नै मेरो प्रतिबद्धता हो ।’
यस क्षेत्रको समग्र विकसकालागि संसदमा व्यापक र सशक्त रुपमा आवाज उठाउनका लागि आफुले उमेदवारी दिएको उनको भनाई छ । यस्का साथै बर्दियाको पहिचान कृषिमा व्यवसायिकरण र आधुनिकरण गर्न, पुर्वाधारहरुमा व्यापक लगानी गर्दै विकास गर्न, युवाहरुलाई उद्योग व्यावसाय र रोजगारी श्रृजना हुने कार्यमा संलग्न हुने वातावरण सुनिश्चित गर्न, त्यसैगरी शिक्षा र स्वास्थ्यमा जनताको पहुच कायम गर्न, नदी नियन्त्रणका लागि प्रविधिमैत्री र वातावरणमैत्री तटबन्धन र संरचना बनाई बाढी, डुबान र कटान न्यूनिकरण गर्न लगाएतका अन्य धेरै विषयहरुलाई समेटेर उनले विकासको प्याकेज बनाएका छन् ।
पढ्दा र सुन्दा निकै नै लोभ लाग्ने उनका चुनावि एजेण्डाहरु सँच्चै बर्दियाको मुहार फेर्नमा प्रभावकारी देखिन्छन् । तब मात्र उनका योजनाहरु कार्यान्वयनमा ल्आउनेछन् ।
‘अब बर्दियाका जनता पहिलाका जस्ता छैनन् । शिक्षित छन् तर अवसरबाट बञ्चित छन् । उनीहरुलाई अवसरको खाचो छ । आश्वासनको हैन ।’ तिवारीले मुस्कुराउदै भने ,देश बनाउने अभिभारा नेताको होइन् अब सबै नागरीकको हो त्यहि नागरीकको म एउटा प्रतिनिधी हु ।’

  • २२ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech