११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
‘उज्यालो दिनेलाई हाम्रो मत’
  • न्युज डेस्क

    २२ कार्तिक २०७९, मंगलवार

बाँके। बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज (अथक) र कृष्णा केसी (नमुना) का कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनिहरुलाई मतदान गर्ने बताएका हुन । बाम–लोकतान्तिक गठबन्धनबाट बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभा उम्मेदवार रहेका अथकको पहिलो कार्यकालमा राप्तीसोनारी र नरैनापुरमा विद्युतिकरणको काम अगाडी बढेको थियो । उनकै पहलमा नरैनापुर र राप्तीसोनारी बिकासको मुलधारमा आएको थियो । उनि पुन साँसद पदको उम्मेदवार भएपछि त्यहाँका स्थानियहरु उत्साहित भएका छन । गठबन्धनका उम्मेदवारहरु घर दैलोमा जाने क्रममा स्थानीय जनताले संबिधान जोगाउने गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता सहित स्वागत गर्ने गरेका छन । सोमवार घर दैलोका क्रममा गठबन्धनका उम्मेदवारहरु राप्तीसोनारी गाँउपालिकाको वडा नं. ३ र ४ तथा कोहलपुर नगरपालिकाको वडा नं. २ मा पुगेका थिए । राप्ती सोनारीमा पुगेका उम्मेदवारहरुलाई हालसम्म त्यस क्षेत्रको विकासको पहलकदमी गठबन्धनका दलहरुले नै लिएको भन्दै तिनै उम्मेदवार दोहोरीएकाले यस पटक अत्यधिक मनले बिजयी गराउने प्रतिबद्धता जनाएका थिए । राप्तीसोनारीमा भएको कार्यक्रममा प्रतिनिधिसभा तर्फ गठबन्धनका साँझा उम्मेदवार महेश्वर जंग गहतराज (अथक), र प्रदेश सभा १ (क) का उम्मेदवार कृष्ण केसी नमुनाको सहभागीता रहेको थियो । राप्तीसोनारी क्षेत्रको विकासमा अथक र नमुनाको उल्लेखनिय योगदान रहेको भन्दै उनिहरु निर्बिकल्प उम्मेदवार भएको स्थानियले बताए । समृद्ध राप्ती सोनारी र नरैनापुर निर्माणकालागि यस पटक पुनः गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने स्थानियको भनाई थियो । यता बाँके १ ९ख० का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुलाई कोहलपुर वडा नं. २ को घरदैलोका क्रममा स्थानियले भब्य स्वागत गरेका थिए । गठबन्धनको सरकारले भुमिहीन समस्या समाधान गर्नेमा आफुहरु ढुक्क रहेको भन्दै स्थानियले समृद्ध कोहलपुर निर्माणकालागि सक्षम उम्मेदवार चयन गर्ने प्रतिवद्धता जनाएका छन ।

  • २२ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech