१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
खनालकाे १५ बुँदे प्रतिबद्धता सार्वजनिक
  • न्युज डेस्क

    २४ कार्तिक २०७९, बिहीबार

बाँके –  बाँकेको क्षेत्र नं. २ का संघीय सांसद पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार राज कुमार रौनियारले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन ।

शिव सेनाका स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्ना १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन ।

उक्त प्रतिबद्धतामा यस क्षेत्रको जिवन स्तरमा परिवर्तन ल्याउने गरी कृषि, भ्रष्टाचार, गुरुकुल शिक्षापद्धती, हिन्दू राष्ट्र, गौ संरक्षण, कर, पुर्वधार बिकास तथा ढल व्यवस्थापन, खेलकुद, पर्यटन लगायतका सबै क्षेत्रलाई समेटेको उनले दृढ विस्वास लिएका छन ।

प्रतिबद्धता सार्वजनिक गर्दै दुवै उम्मेदवारको बिचारधारा, एजेण्डा एउटै रहेको हुदाँ एउटैमा समेटिएको बताइएको छ ।

सार्वजनिक गरिएका १५ बुँदे प्रतिबद्धता यस प्रकारका छन
१) हिन्दू राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुवै ठाँउबाट आन्दोलन खडा गर्ने ।

२) ठाँउ ठाँउमा गुरुकुल शिक्षापद्धती अनुसार पाठशाला संचालनमा जोड दिने ।

३) भ्रष्टाचार बिरोधको अभियान संचालन गर्ने ।

४) कृषकहरुलाई समयमा मलखाद्य, बिउ र सिचाईको लागि पहल गर्ने ।                                                                                ५) गौ संरक्षणको लागि स्थानियहरु संग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि.मि. जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने ।

६) होलिया चौफेरी, रामनगर लगायत डुडुवाको बिकट गाँउहरुमा बाटोघाटो निमाणर्मा प्राथमिकता दिईने ।

७) मोटरसाइकल र चारपांग्रे सवारी साधनको कर एक पटक मात्र लिने व्यवस्थाको लागि आवाज उठाउने

८) स्थानिय मठ मन्दिर, गुम्बाको संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापनमा जोड दिने ।

९) राज्यबाट हामीले प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दू परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने

१०) युवाहरुका स्वास्थ्य र मान्सिक बिकासका लागि जिम र खेलकुदलाई जोड दिने ।

११) हिन्दूधर्मको नाममा हुदैँ आएका सस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माणका लागि अभियान संचालन गर्ने ।

१२) नेपालगञ्जमा हुने डुवानको समस्यालाई समाधानका लागि दिर्घाकालिन समस्याको समाधानका लागि ठोस कार्ययोजनाका लागि पहल गर्ने ।

१३) प्रदेशमा रहेका केही मन्त्रालयहरु नेपालगञ्जमा पनि राख्ने पहल गर्ने ।

१४) पर्यटनलाई अभिवृद्धि गर्न राँभा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने ।

१५) नेपालगञ्जको बहुप्रतक्षित रोडको निर्माणका लागि पहल गर्ने ।

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित
  • Nabintech