७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
सुन सहित एक पक्राउ
  • न्युज डेस्क

    १९ बैशाख २०७९, सोमबार

(नेपालगन्ज)
बँकेमा सुन धातुका गहनासहित एक जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँस्थित सुबेदी चोकबाट सुनजस्तो देखिने पेहेलो पदार्थले बनेको करिब ७ सय ८९ ग्राम ३ मिलिग्राम विभिन्न गहनासहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साझ प्रहरीले पक्राउ गरेको हो ।
शंकास्पद तरिकाले हिडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गहना सहित नायब निरीक्षक रविन्द्र बमको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो ।

कालो रङगको झोला भित्र खान तलासी गर्दा सुन जस्तो देखिने पहेलो बनेको हार,मंगलसुुत्र,वाला,दाना,झुम्की,रामलिला,झाला,ब्रासलेट,कानपासा, औठी,टप,फुली,टुक्राहरु पथ्थर र माला सहित बिभिन्न प्रकारका सुनाका गहना६२ लाख बराबरको गरगहना छन् ।
बाकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बैशाख चार गते भारतको ब्याङ्लोर स्थित सुन पसलबाट चोरी गरेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले भारतिय प्रहरी संग समन्वय गरी आवश्यक अनुसन्धान बढाइएको छ ।

 

  • १९ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech