बाँकेको डुडुवा गाउँपालिका–१ स्थित विभिन्न गाउँ–टोलमा रहेका शिव मन्दिर परिसरमा सरसफाइ तथा व्यवस्थापन कार्यक्रम गरिएको छ।
प्रहरी चौकी खडैचाको आयोजनामा डुडुवा गाउँपालिका–१ पिपरहवा, खडैचा, रामनगर, कधैपुरुवा र नयाँबस्ती क्षेत्रका शिव मन्दिर परिसरमा सरसफाइ तथा व्यवस्थापन गरिएको हो।

कार्यक्रममा डुडुवा गाउँपालिका–१ का वडाध्यक्ष पटेश्वर कुर्मीको सहभागिता रहेको थियो। प्रहरी चौकी खडैचाबाट प्रहरी सहायक निरीक्षक प्रसनि कुलबहादुर विकको कमाण्डमा ४ जना प्रहरी तथा सशस्त्र प्रहरी बीओपी खडैचा बाँकेबाट प्रसनि टोपबहादुर मल्लको कमाण्डमा ५ जना सशस्त्र प्रहरी सहभागी भएका थिए।

सरसफाइ कार्यक्रममा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो। मन्दिर परिसरलाई स्वच्छ, सफा तथा व्यवस्थित बनाउने उद्देश्यले संयुक्त रूपमा सरसफाइ तथा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।





















