१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
आफनै १७ वर्षिय छात्रामाथि बलात्कारको आरोपमा प्रिन्सिपलल पक्राउ
  • न्युज डेस्क

    १ पुष २०७८, बिहीबार

न्युज डेक्स–
नेपालगन्जमा संचालनमा रहेको एक निजी विद्यालयका संचालक तथा प्रिन्सिपलले १७ वर्षिय छात्रामाथि गरेको बलात्कारको आरोपमा पक्राउ परेका छन् । घटनालाई बाके प्रहरीले झण्डै एक साता पुग्न लाग्दा मात्र सार्वजनिक गरेको हो ।
पीडित किशोरीको उजुरीका आधारमा नेपालगन्ज १८ कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता खिमबहादुर घर्तिमगरले बताए ।
गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कुलबाटै पक्राउ गरेका हौ उनले भने ,‘ रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरीरहेका छौ ’प्रिन्सिपल र बलात्कारको घटनालाई प्रहरीले गुपचुप राखेको थियो ।

स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल रावलमाथि छात्रालाई पटक पटक बलात्कार गरेको आरोप रहेको बाके प्रहरीका निमित्त प्रवक्ता घर्तिमगरले बताए । १७ वर्षिया आफनै विद्यार्थीलाई ट्युसन पढाउने नाममा होटलमा लगेर बलात्कार गरेको खुल्न आएको उनले बताए । स्वास्थ्य परिक्षणमा समेत यौनकार्य भएको खुलेको प्रवक्ता घर्तिमगरले खुलाए ।

रावलले ती छात्रालाई पटक पटक प्रलोधन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दोस्रोे कारोना महामारीकाल देखिनै सुरुमा ट्युसन पढाईदिने बहानामा एकान्तमा बोलाउने र त्यसपछि होटलमा लगेर बलात्कार गर्ने गरेको पीडित पक्षको आरोप रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्लिल फोटो रहेको डर देखाएर पटक पटक बलात्कार गर्ने गरेको समेत पीडितले प्रहरी समक्ष बयान दिएका छन् ।
रावलले पछिल्लो पटक मंसिर १० गते ती छात्रालाई आफनै घरमा लगेर बलात्कार गरेपछि भने छात्राका अभिभावक प्रहरी सम्म पुगेका थिए । छोरी २ दिन सम्म घर नआएपछि खोजतलास गरिदिन प्रहरी समक्ष उजुरी दर्ता गराएका छात्राका अभिभावकले छोरी भेटेपछि प्रहरीमा बलात्कार अभियोगमा किटानी निवेदन दिएका थिए ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech