१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
छात्राहरू लाइ १ महिने नि:शुल्क कराते तालिम
  • न्युज डेस्क

    १० आश्विन २०७९, सोमबार

(नेपालगन्ज)
छात्राहरु लाइ लक्षित गरी नेपालगन्ज उप– महानगरपालिका वडा नं. ४ को सहयोगमा १ महिने नि:शुल्क कराँते तालिम सुरु गरीएको छ । सोमबार देखी दुइ वटा सरकारी बिद्यालय लाई लक्षित गरी तालिम सुरु गरिएको हो ।
नेपालगंज स्थीत कन्या माध्यमिक विद्यालय सल्यानी बागमा कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या मावि विद्यार्थीलाई लक्षित गरि नि:शुल्क तालिम सुरु गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको घटनालाई रोक्न मद्दत गर्नुका साथै मानसीक स्वास्थ्य ठीक राख्नका लागि सहयोग पुर्‍याउने बताए।
‘विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो’उनले भने, तालिम मार्फत किशोरीहरु लाइ आत्मरक्षा गर्ने कलासँगै आत्मबल बढ्ने छ ।’
नि:शुल्क तालिममा झण्डै ३० जना छात्राको सहभागीता रहेको छ।
तालिममा सहभागी कन्या माध्यमिक विद्यालयमा कक्षा ९मा अध्ययनरत माहिरा हलुवाईले किशोरी तालिम पश्चात आफुहरुमा आत्मबल बढ्ने नि:शुल्क रुपमा सिक्न पाउदा खुशी लागेको बताइन् ।
छात्राहरूको शारीरिक विकास र आत्मसुरक्षाका लागि १ महिने नि:शुल्क कराँते तालिम उद्घघाटन कार्यक्रममा अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाई, प्रशिक्षक सकिल राई,प्रशिक्षक साना राई लगाएतको उपस्थिति रहेको थियो।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित
  • Nabintech