१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाककालागि १३ करोड ८५ लाख बजेट सुनिश्चित
  • न्युज डेस्क

    २४ चैत्र २०७८, बिहीबार

काठमाण्डौं
बाँकेको नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो ।
चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत शुनिश्चित गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्री पद सम्हालेदेखी नै नेपालगन्ज रंगशालाको अधुरो काम पुरा गर्ने प्रतिवद्धता जनाउँदै आउनुभएको थियो । रंगशालामा सेन्थेटिक ट्रयाकका साथै फ्लड लाईट जडानकालागि पहल गर्दै आउनुभएका मन्त्री अथकले चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य सुरु हुने गरी सेन्थेटिक ट्रयाककालागि बजेट शुनिश्चित गराउनुभएको हो ।
आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाईट जडान लगाएतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको
छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगन्ज रंगशाला स्तरोन्नतीको प्रक्रिया सुरु भएको छ ।

  • २४ चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech