१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
खेलकुद मन्त्री अथकद्धारा छैठौं साफ महिला च्याम्पियनसिपको उद्घाटन पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी
  • न्युज डेस्क

    २१ भाद्र २०७९, मंगलवार

 काठमाण्डौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नुभएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।
मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु ख्ेलाउन सुरु गरीएको छ । जसअन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच सम्पन्न भएको छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ ।
नेपालकालागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गर्नुभएको छ । सावित्राले खेलको १२औं र ६८औं मिनेट तथा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गर्नुभएको थियो । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech